back

नक्कली विजक बनाएर १६ करोडको राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै रु १६ करोड विगो बराबरको राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा चलाएको छ जसमा एक जना भारतीय नागरिक पनि छन् । उनीहरुले भन्सार छली एबं झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजस्व चुहावट गरेको तथ्यको आधारमा उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक सुनसरीको धरान उप–महानगरपलिका–१२ बस्ने ग्लोवल इम्पेक्स ईन्टरनेशनलका प्रोपाइटर किसनकुमार अग्रवालले रु चार करोड ४२ लाख विगो बराबरको राजस्व छली गरेको विभागको अभियोग छ । उक्त विगो असुल गरी जरिवाना र कैद सजायको माग लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

उनले मालवस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्मलाई विक्री बीजक जारी गरी उक्त फर्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको पाइएको छ । साथै उनले विभिन्न फर्मलाई नक्कली एवं झुट्टा बीजक उपलब्ध गराई जालसाजीसमेत गरेको आरोप लगाइएको छ ।

सोही ठाउँका एसएन इन्टरनेशनलका सञ्चालक रामनिवास अग्रवालमाथि विभागले अहिले मुद्दा चलाएको छ । उनले चार करोड ५२ लाख विगो बराबरको राजस्व छली गरेको अनुसन्धानमा खुलेको छ । अग्रवालमाथि मालवस्तु खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्मलाई विक्री बीजक जारी गरी उक्त फर्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको आरोप छ ।

उता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का श्यामकुमार वानियासमेत दुई जनामाथि रु पाँच करोड ५० लाख राजस्व चुहावट गरेको आरोप छ । उनीहरुले विदेशी मुलुकबाट नेपालमा पैठारी हुने मालवस्तुको भन्सार जाँचपास नगराई राजस्व चुहावट गरेका थिए ।

विभागका अनुसार पर्साको वीरगञ्जस्थित भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्रप्रसाद कलवारसहित ४ जनाले रु एक करोड विगो बराबरको भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेका छन् । उनीहरु विरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर गरिएको छ ।

विल विजक नै जारी नगरी आयकर छली गर्ने भारत स्थायी वतन भई हाल काठमाण्डौ–१४ कुलेश्वर बस्ने सत्यनारायण प्रसादले पनि झण्डै रु १ करोड राजस्व छली गरेका छन् । यस्तै रौतहत वृन्दावन नगरपालिका–६ बस्ने अमनकुमार तिवारीले भन्सार चोरी गरी रु ४० लाख राजस्व चुहावट गरेको विभागले जारी गरेको सूचनामा जनाइएको छ । आरोपी विरुद्ध नजिकका उच्च आदालतमा मुद्दा चलाइएको विभागले जनाएको छ ।

२०७८ जेठ २४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:४०

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक...

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:३७

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित...

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:००

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४...

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:५७

एजेन्सी । स्पेनको स्युटामा रोजगारी र नयाँ जीवनको खोजीमा पुगेका...

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

वि.सं.२०८३ साउन २१ बिहीवार १९:२०

काठमाडौं । सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी...