back

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

काठमाडौं । नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण र शहरी क्षेत्रबीचको आर्थिक खाडल अझैं कायम रहेको देखिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको आर्थिक स्थिति पत्रले उल्लेख गरेअनुसार शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा गरिबीको दर उच्च रहेको पाइएको हो ।

नेपाल जीवनस्तर सर्वेक्षण २०७८/७९ अनुसार देशको कुल गरिबी दर २०.२७ प्रतिशत रहेको छ । शहरी क्षेत्रमा गरिबी दर १८.३४ प्रतिशत रहे पनि ग्रामीण क्षेत्रमा भने २४.६६ प्रतिशत रहेको छ । यसले ग्रामीण जनसंख्यामा अझै पनि आर्थिक अवसर र पूर्वाधारको अभाव रहेको संकेत गर्छ ।

यसैगरी, बहुआयामिक गरिबीको दर पनि १७.४ प्रतिशत रहेको छ, जसमा शिक्षा, स्वास्थ्य र जीवनस्तरका सूचकहरू समेटिएका छन् । आर्थिक स्थिति पत्रमा उल्लेख छ,‘ग्रामीण क्षेत्रमा बहुआयामिक गरिबी अझ बढी देखिएको छ, जसले आधारभूत सेवामा असमान पहुँच रहेको देखाउँछ ।’

बेरोजगारीतर्फ हेर्दा नेपालमा बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ । महिलामा बेरोजगारी दर १२.३ प्रतिशत रहेको छ भने पुरुषमा ९.१ प्रतिशत मात्रै रहेको छ । १५–२४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर १८.९ प्रतिशत रहेको छ, जसले युवा वर्गमा रोजगारीको अभाव गम्भीर समस्याका रूपमा रहेको देखाउँछ ।

लैङ्गिक समानताको क्षेत्रमा पनि प्रगति भए पनि असमानता अझै देखिन्छ । मानव विकास प्रतिवेदन २०२३/२४ अनुसार लैङ्गिक असमानता सूचकांक ०.४७८ रहेको छ । महिलाको श्रमशक्ति सहभागिता दर २६.४ प्रतिशत मात्र रहेको छ भने पुरुषको ७६.२ प्रतिशत रहेको छ । साथै, महिलाको औसत आम्दानी पनि पुरुषको तुलनामा कम रहेको देखिएको छ ।

विशेषज्ञहरूका अनुसार गरिबी घट्दै जानु सकारात्मक संकेत भए पनि ग्रामीण विकास, रोजगारी सिर्जना र लैङ्गिक समानता प्रवद्र्धनमा थप प्रभावकारी नीतिगत हस्तक्षेप आवश्यक रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३ हजार ५ सयभन्दा बढी सुझाव प्राप्त

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३ हजार ५ सयभन्दा बढी सुझाव प्राप्त

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:०३

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती...

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:४३

काठमाडौं । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले...

कर्णाली प्रदेश : चार बर्षदेखि एउटै कार्यक्रम, हरेक बर्ष बजेट फ्रिज

कर्णाली प्रदेश : चार बर्षदेखि एउटै कार्यक्रम, हरेक बर्ष बजेट फ्रिज

वि.सं.२०८३ वैशाख १४ सोमवार १०:५३

सुर्खेत । कर्णाली प्रदेश सरकारले सस्तो लोकप्रियताका लागि ल्याएका कार्यक्रम...

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

‘ट्रान्जिट’ मात्रै बन्यो इलाम बजार, स्थानीय सरकारप्रति उठ्यो प्रश्न

‘ट्रान्जिट’ मात्रै बन्यो इलाम बजार, स्थानीय सरकारप्रति उठ्यो प्रश्न

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:१३

इलाम । पहाडकी रानी चियाबारीको खानी उपमा पाएको इलाम ।...