back
himalayan life

आफन्तलाई कुनै पदमा नियुक्त गर्यो भन्ने सुन्न नपरोस्: महावीर पुन

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन अर्थतन्त्रको विकासको लागि विज्ञान ,प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन सुझाव दिएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विज्ञान प्रविधि के हो र अनुसन्धान र नवप्रवद्र्धन कसरी हुन्छ भन्ने थाहा नभए सदनमा एक घण्टाको भाषण दिन आफू तयार रहेको बताए ।
उनले भने, ‘अर्थतन्त्रको विकास गर्नको लागि विज्ञान प्रविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्छ।

अनुसन्धान र नवप्रवद्र्धनको लागि कोष खडा गर्नुपर्छ र बलियो मन्त्रालय बनाउनु
जरुरी छ। विज्ञान प्रविधि के हो र अनुसन्धान र नवप्रवद्र्धन कसरी हुन्छ भन्ने थाहा नभए पनि म सदनमा एक घण्टाको भाषण दिन तयार छु।’

सांसद पुनले नेपालमा लामो समयदेखि व्याप्त नातावाद, कृपावाद, चापलुसीवाद र चाकडीवादलाई ‘भाइरस’ भनेका छन्। अहिलेको नयाँ सरकार र नयाँ सांसदहरु यो भाइरसबाट मुक्त हुन प्रयास गर्नुपर्ने उनको भनाई छ ।

उनले भने,‘नेपालमा लामो समयदेखि एउटा भाइरस छ । त्यो भाइरसबाट बच्नु भन्न चाहान्छु । त्यो भाइरस के हो भने नातावाद कृपावाद,चापलुसीवाद र चाकडीवाद हो । यो चाँही भाइरस नै हो । यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाह जब नाबालक राजा हुनुभयो ,त्यो बेला देखि सुरु भएको अझैसम्म छ ।

२००७ सालको क्रान्ति ,४६ सालको क्रान्ति र ६३ सालको जनआन्दोलन हुँदा पनि यो भाइरसले छोडेको छैन । अहिलेको नयाँ सरकार र नयाँ सांसदहरु यो भाइरसबाट मुक्त हुन प्रयास गर्नुपर्यो । आफ्नो आफन्तलाई कुनै पदमा नियुक्त गर्यो भन्ने सुन्न नपरोस् ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...

तथ्यहीन आरोप नलगाउन रास्वपा सांसद खत्रीलाई मन्त्रीको चेतावनी, संसद्मा बोलेको कुरा फिर्ता लिन माग

तथ्यहीन आरोप नलगाउन रास्वपा सांसद खत्रीलाई मन्त्रीको चेतावनी, संसद्मा बोलेको कुरा फिर्ता लिन माग

वि.सं.२०८३ असार ३१ बुधवार १३:४९

हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले राष्ट्रिय...

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

वि.सं.२०८३ असार ३० मंगलवार १८:०३

मुगु । सडक सञ्जालमा पुल वा बेलीब्रिजबाट पछि परेको हिमाली...