back
himalayan life

इरान-अमेरिकाबीच युद्धविराम: एसियाली शेयर बजारमा उछाल, कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौं । इरान–अमेरिका र इजरायलबीच दुई हप्ताको युद्धविराम भएको खबर सार्वजनिक भएपछि बुधबार बिहान एसियाली शेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ । मध्यपूर्वमा सैन्य तनाव कम भएको र हर्मुज जलमार्ग पुनः खोल्ने प्रतिबद्धता आएपछि कच्चा तेलको मूल्यमा पनि भारी गिरावट आएको छ ।

जापानीज शेयरबजार निक्केई २२५ मा ५.२८ प्रतिशत (२,८२२.४४ अंक) को बढोत्तरी देखिएको छ भने दक्षिण कोरियाको कोस्पी ५.६१ प्रतिशत वा ३०८.११ अंकले बढेको छ । भारतको गिफ्ट निफ्टीपनि ३ प्रतिशतभन्दा बढीले बढेर २३,८४१ को स्तरमा पुगेको छ । अन्य क्षेत्रीय सूचकांकहरू जस्तै हङकङको ह्याङ सेङ ३.०४ प्रतिशत र ताइवान वेटेड ३.७२ प्रतिशतले बढेका छन् ।

युद्धविरामको घोषणाले ऊर्जा क्षेत्रमा ठूलो प्रभाव पारेको छ । ब्रेन्ट क्रुड तेलको मूल्य १३.०४ प्रतिशतले घटेर प्रति ब्यारेल ९५.०२ डलरमा पुगेको छ भने अमेरिकी कच्चा तेल १३.७६ प्रतिशतले घटेर ९७.४१ डलरमा झरेको छ । अर्कोतर्फ, सुनको मूल्यमा भने २.१३ प्रतिशत (१००.४५ अंक) को वृद्धि देखिएको छ ।

विश्वका लागि राहतको खबर यो छ कि इरानी पक्षले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावलाई स्वीकार गरेको छ । इरानले आगामी दुई हप्ताका लागि हर्मुज जलमार्गबाट सुरक्षित आवतजावत गर्न दिने र आफ्ना सैन्य गतिविधिहरू रोक्ने सहमति जनाएको छ ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीले सामाजिक सञ्जाल एक्स मार्फत इरानको आधिकारिक धारणा सार्वजनिक गर्दै यदि आफूहरूमाथि आक्रमण नभए इरानले पनि सैन्य कारबाही रोक्ने बताएका छन् । उनले यस प्रक्रियामा मध्यस्थता गरेकोमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र फिल्ड मार्शल असिम मुनिरलाई धन्यवाद दिएका छन् ।

अराघ्चीले लेखेका छन,‘इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदको तर्फबाट म यो घोषणा गर्दछुः यदि इरान विरुद्धको आक्रमण रोकियो भने हाम्रा शक्तिशाली सशस्त्र बलहरूले पनि रक्षात्मक कारबाही बन्द गर्नेछन् । दुई हप्ताको अवधिका लागि हर्मुज नाकाबाट सुरक्षित आवागमन सम्भव हुनेछ ।’यो दुई हप्ताको समयले अमेरिका र इरानबीच थप विस्तृत वार्ताका लागि बाटो खोल्ने अपेक्षा गरिएको छ । यसै सिलसिलामा पाकिस्तानको इस्लामाबादमा एक शान्ति शिखर सम्मेलन हुने सम्भावना पनि बढेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको १० बुँदे प्रस्तावलाई वार्ताको आधार मान्दै इरानमाथिको बमबारी र आक्रमण स्थगित गर्ने घोषणा गरेका थिए । ट्रम्पले अमेरिकाले आफ्ना अधिकांश सैन्य लक्ष्यहरू प्राप्त गरिसकेको र अब दीर्घकालीन शान्तिका लागि पहल गर्ने बताएका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...

तथ्यहीन आरोप नलगाउन रास्वपा सांसद खत्रीलाई मन्त्रीको चेतावनी, संसद्मा बोलेको कुरा फिर्ता लिन माग

तथ्यहीन आरोप नलगाउन रास्वपा सांसद खत्रीलाई मन्त्रीको चेतावनी, संसद्मा बोलेको कुरा फिर्ता लिन माग

वि.सं.२०८३ असार ३१ बुधवार १३:४९

हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले राष्ट्रिय...

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

वि.सं.२०८३ असार ३० मंगलवार १८:०३

मुगु । सडक सञ्जालमा पुल वा बेलीब्रिजबाट पछि परेको हिमाली...