back

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहितको टोली एमालेमा प्रवेश, बादलले गरे स्वागत

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट  जिल्ला तथा प्रदेशस्तरीय नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपाबाट एकजना पूर्वकेन्द्रीय सदस्य पनि एमालेमा प्रवेश गरेका छन् ।

एमालेमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितलाई आइतबार एमालेमा स्वागत गरियो ।

माओवादीका पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी सदस्यहरू र काठमाडौं उपत्यकाका विभिन्न कमिटीमा सक्रिय उनीहरूलाई आइतबार एमालले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा बादलसहितले स्वागत गरे।

एमालेका युवा नेता तथा बागमती प्रदेश कमिटीका निवर्तमान सदस्य नारायणप्रसाद सापकोटासहितले उनीहरूलाई एमालेमा भित्र्याएका हुन् ।

यसरी एमालेमा प्रवेश गर्नेहरूमा नेकपाबाट १० जना र रास्वपाबाट १ जना रहेका छन् । एमालेमा प्रवेश गर्नेमा नेकपाका दुई जना बागमती प्रदेश कमिटी सदस्य र चारजना काठमाडौं जिल्ला कमिटी सदस्य छन् ।

उता तीनजना टोखा नगर कमिटी सदस्य पनि एमालेमा प्रवेश गरेका छन् । दुई जना उपत्यका बाहिर भएकोले उपस्थिति हुन नसके पनि पार्टीको निर्णय अनुसार अघि बढ्ने बताए । एमालेको यात्रा थाल्नेमा एकजना राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश कमिटी सदस्य पनि छन् । रास्वपा बागमती प्रदेश कमिटी सदस्य राजेन्द्र रेग्मीलाई पनि बादलले एमालेमा स्वागत गरे । 

को-को प्रवेश गरे ?

१. रवि गौतम ‘प्रभात’, माओवादी पूर्वकेन्द्रीय सदस्य
२. राम कुमार थापा, बागमती प्रदेश कमिटी सदस्य एवं तारकेश्वर नगरको इनचार्ज
३. भूषण महर्जन, बागमती प्रदेश कमिटी सदस्य
४. प्रकाश भण्डारी, काठमाडौं जिल्ला कमिटी सदस्य
५. श्याम भण्डारी, काठमाडौं जिल्ला कमिटी सदस्य
६. शंगम वैध, टोखा नगर कमिटी सदस्य
७.राजु लामा, टोखा नगर कमिटी सदस्य
८. प्रकाश लामा नगर सदस्य टोखा (हाल वडा सचिव)
९. राजेन्द्र रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी, बागमदी प्रदेश सदस्य

nactional life
Corporatebazar 11 Anniversary

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...