राजनीति मेरो लागि पद होइन,सेवा हो : नारायण सापकोटा
दीर्घकालीन सोच बिना गरिएको विकासले समाजलाई अगाडि लैजान सक्दैन ।
वि.सं.२०८२ माघ १८ आइतवार
काठमाडौं। नेकपा एमालेका युवा नेता वागमति प्रदेशका निवर्तमान प्रदेश कमिटी सदस्य सामाजिक अगुवा तथा प्रदेश कमिटीका सल्लाहकार नारायणप्रसाद सापकोटाले राजनीतिलाई सेवाको रूपमा लिन आम नेपालीलाई आग्रह गरेका छन्।
आइतबार नेकपा एमालेको चुनावी अभियानमा झापा पुगेका सापकोटाले राजनीति मेरो लागि पद होइन, सेवा हो भनेका हुन् । साच्चिकै राजनीति गर्ने हो भने समसामयिक राजनीति, चुनावी रणनीति, विकासका एजेन्डा र भविष्यको दृष्टिबारे खुलेर बहस गर्न जरूरी समेत रहेको सापकोटाले बताएका छन् ।
उनले भनेका छन् चुनाव सामान्य राजनीतिक गतिविधि मात्रै होइन, यो जनतासँग आत्मीय संवाद गर्ने अवसर पनि हो । समग्र विकास तर विकास भन्नाले केवल सडक वा भवन मात्र होइन । सुशासन, पारदर्शिता, जवाफदेही राजनीति, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, रोजगारी सिर्जना र आर्थिक गतिविधिको विस्तार सबै समेटिन्छन्। दीर्घकालीन सोच बिना गरिएको विकासले समाजलाई अगाडि लैजान सक्दैन । सापकोटाले समाज परिवर्तनको सपना व्यक्तिगत फाइदाभन्दा सार्वजनिक हित ठूलो हुन्छ भन्ने विश्वास दाबी गरेका छन् ।
सापकोटालाई नेपालको राजनीतिक अवस्था र नेकपा एमालेले पार्टीभित्र युवाको सहभागिता कस्तो छ भन्ने प्रश्नमा उनले भने हालको राजनीतिक अवस्थासन्दर्भमा संविधानिक प्रक्रिया र संसदको स्थायित्व आवश्यक छ । राजनीतिक अस्थिरताले देशलाई थप आर्थिक र सामाजिक जोखिममा पार्ने भन्दै अनुभवी नेतृत्व, स्थिर सरकार र युवाको सक्रिय सहभागिताबाट मात्र देश अगाडि बढ्न सक्ने छ। त्यति मात्र हैन नेकपा एमालेले पार्टीभित्र युवाको सहभागिता पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको छ। अरु पार्टी र नेकपा एमालेको केन्द्रीय कमिटीलाई दाजेर हेर्ने हो भने नेकपा एमालेको केन्द्रीय कमिटीमा युवाको संख्या अन्य दलको तुलनामा बढी छ।
“संगठन, उद्देश्य, विचार विना देशलाई अस्थिर बनाउन र अरुको इसारामा ननाच्नु ,सस्तो लोकप्रियता र स्टन्टबाजी दीगो समाधान होइन ।”
उनले नयाँ दलतिर निशाना लाउदै थपे संगठन, उद्देश्य, विचार विना देशलाई अस्थिर बनाउन र अरुको इसारामा ननाच्नु भन्दै वर्तमान सरकारले राजनीतिक दलहरूलाई कमजोर बनाउने, संविधान र लोकतान्त्रिक मूल्यहरूलाई क्षति पुर्याउने प्रयास गरिरहेको दाबी गरे ।
‘पुरानो र नयाँ पार्टी’ भन्ने भाष्यलाई अस्वीकार गर्दै नयाँ भनिएका दलहरूले छोटो समयमा नै जनतामा निराशा बढाएको टिप्पणी गर्दै सापकोटाले भने ‘संस्कार, संस्कृति र विधिमा आधारित राजनीति बिना देश अघि बढ्न सक्दैन। सस्तो लोकप्रियता र स्टन्टबाजी दीगो समाधान होइन ।
उनले अब हामी परिवर्तन गर्छौँ र जनतालाई नेपालमै भविष्य छ भन्ने विश्वास देखाएरै छोड्छौँ भन्दै व्यक्तिगत असन्तुष्टि हुन सक्ने भएपनि समग्रमा एमाले एकताबद्ध भएर उम्मेदवारलाई जिताउन आग्रह समेत गरेका छन् ।
प्रकाशित समय : ११:३४ बजे






















