back

‘चुरेभावर पार्टी नेकपामा समाहित भएको छैन’ – अध्यक्ष निरौला

काठमाडौं। चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित नभएकाले भ्रममा नपर्न आग्रह गरेको छ ।

पार्टी अध्यक्ष भूमिराज निरौलाले चुरेभावरको नामको पार्टी मंगलबार नेकपामा समाहित भएको भनेर आएको समाचारमा कुनै सत्यता नभएको बताएका छन् । ‘निर्वाचन आयोगमा हाम्रोबाहेक अरु कुनै चुरेभावर नामको पार्टी छैन, मंगलबार आएको समाचारको खण्डन गर्दछु’ अध्यक्ष निरौलाले भने ‘हामीले पहिले नै कारबाही गरिसकेका र चुरेभावर लोकतान्त्रिक पार्टीमा कुनै साइनो नभएकाले म नै पार्टी हुँ भन्नु लज्जास्पद कुरा हो ।’ बद्री न्यौपानेले नेतृत्व गरेको चुरेभावर राष्ट्रिय पार्टी नेकपामा समाहित भएको समाचार आएपछि चुरेभावर लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको हो । नेकपाका पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा न्यौपानेले नेतृत्व गरेको पार्टी समाहित भएको भनेर समाचार प्रकाशित भएको थियो ।

अध्यक्ष निरौलाले आफूहरु पार्टीको काममा लागिरहेको भन्दै अनावश्यक भ्रमको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । उनले पार्टीको अवस्था नै नबुझी नेकपाले पार्टी समाहित गर्ने कुरा पनि व्यावहारिक नभएको टिप्पणीसमेत गरेका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४७

काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म...

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१८

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन...

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:४३

काठमाडौं । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले...

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:३७

काठमाडौं । नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण...

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...