back

रौतहट क्षेत्र नं ४ मा रोचक बन्दै प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

रौतहट ।  चिसो भनेकै कोकाकोला, पत्रकार भनेकै ऋषि धमला भन्या जस्तो इमेज बनाएका पत्रकार धमला अहिले राजनीतिमा होमिएका छन् । टेलिभिजन पत्रकारिता छाडेर सासंद बन्ने दौडमा रौतहट क्षेत्र नं ४ मा उमेदवारी दिएका उनी चर्चामा छन् । आम जनता पार्टीबाट मोबाइल चिन्ह लिएर भोट माग्न घरदैलो गरिरहेका उनका अनेक चटकीप्ुर्ण र हस्यौली भिडियो क्लिप्सहरुले यतिबेला हास्य टेलिभिजन कार्यक्रमहरुलाई माथ गरिरहेका छन् । धमलाकै कारण चर्चामा रहेको सो क्षेत्रमा यो निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ । तर माहौल घण्टीको रहेको यो मौसममा स्थानीय युवाहरु भने रास्वपाका उमेदवार गणेश पौडेललाई जिताउन जोडतोडले लागिरहेका छन् ।

पौडेल सोही क्षेत्रका स्थानीय बासिन्दा हुन् र समाजसेवामा सक्रिय एक युवा नेता रूपमा परिचित छन् । समाजको नशा नशा र आत्मा छामेका धार्मिक ब्यक्तित्व गणेश पौडेल इमानदारिताका मानक रहेको बताइन्छ । हुन त अहिले ठुला ठुला भाषण, चटकबाजी बढी भाइरल भइरहेका छन् तर रौतहट क्षेत्र नं ४ बासीको आत्मामा पौडेल रहेको त्यहाँका पहाडी तथा मधेशी दुबै खालका युवाहरुले पौडेललाई बोकेकोबाट प्रष्ट हुन्छ ।

अन्य पार्टीहरुमा विभिन्न बुढापाकाहरुको बाहुल्यता रहेपनि रास्वपमा यसैपनि युवाहरुको वाहुल्यता छ । रौतहट ४ मा पनि पौडेलको पक्षमा युवाहरुको झुकाब देखिन्छ । त्यसमाथी त्यस क्षेत्रमा लामो समयदेखि शिक्षा, सहकारिता तथा सामाजिक क्षेत्रमा पौडेको योगदान छ । पौडेल हाल संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत हुन्। सो सहकारीलाई जिल्लाकै उत्कृष्ट सहकारीका रूपमा विकास गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । पौडेलले खासगरी त्यस क्षेत्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्य र गरिवी निवारण तथा असमानता न्युनिकरण जस्ता क्षेत्रमा आफुले काम गर्ने बताउने गरेका छन् ।

त्यसै क्षेत्रमा नेपाली काँगे्रसका देबी प्रसाद तिमल्सीना रास्वपाको बलियो प्रतिस्पर्धी बनेका छन् । यद्यपी उनी दुइ दुइ पटक चुनाब जितिसकेका जनतामा टेस्टेड प्रतिनिधि समेत हुन् । उनलाई यो पटक दोहोरिन गाह्रै पर्ने विश्लेषकहरु बताउँछन् । त्यसैगरी सो क्षेत्रमा माओवादी र एकिकृत समाजवादी मिलेर बनेको नेकपाको पनि दह्रो पक्कड रहेको बताइन्छ । सो पार्टीबाट अहिले पुराना नेता रामकुमार भटराइ छन् ।

भटराइले २०७० सालमा त्यस क्षेत्रमा एमालेबाट चुनाब जितेका थिए । यद्यपी यस अघिको चुनाबमा उनको पार्टीले पाएको मत अनुसार त्यस क्षेत्रमा अहिले पनि उनी बलिया प्रस्तिस्पर्धी मानिएका छन् । त्यसैगरी पुरानो र ठुलो मध्येको अर्को पार्टी नेकपा एमालेबाट त्यस क्षेत्रमा अहिले रामजी शाह उमेदवार छन् । चुनावी प्रतिस्पर्धामा उनी पनि दह्रो गरी लागिरहेको देखिन्छ । तराईका अन्य क्षेत्रिय पार्टीहरुबाट पनि उमेदवारी दिएका छन् ।

यो क्षेत्र पूर्व-पश्चिम राजमार्गमा पनि पर्ने भएकाले यसपटक रास्वपाले आफ्नो प्रभाव बढाउन सक्ने धेरैको आँकलन छ ।

nactional life
Corporatebazar 11 Anniversary

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४७

काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म...

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१८

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन...

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:४३

काठमाडौं । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले...

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:३७

काठमाडौं । नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण...

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...