back

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं

nactional life

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको समाधान गर्ने पार्टी भएको दाबी गरेका छन् ।

निर्वाचन केन्द्रित विशेष जनसभा कार्यक्रममा बोल्दै उनले सहकारीको नाममा ग्रामीण क्षेत्रका आम नागरिक—विशेषगरी आमा, दिदीबहिनीहरूले साग, मकै, दाउरा बेचेर जम्मा गरेको पैसालाई ठगी गरिएको आरोप लगाउँदै त्यसका लागि रवि लामिछाने जिम्मेवार रहनुपर्ने बताए ।

उनले रवि लामिछानेलाई ‘सहकारी ठग’ को संज्ञा दिँदै आगामी आन्दोलनको मुख्य एजेन्डा उनलाई बहिष्कार र प्रतिरोध गर्ने हुने बताए । साथै, उनले लामिछानेमाथि विभिन्न मुद्दा बोकेर हिँडेको आरोप समेत लगाए ।

उनले भने, ‘ग्रामीण जीवनको शोषण दमन, उत्पीडन र अर्थतन्त्रको समाधान गर्ने पार्टी नेकपा एमाले हो । आज त्यो सहकारी ठग ति साग बेच्ने, मकै बेच्ने, दाउरा बेच्ने, ति हाम्रा आमा दिदीबहिनीहरुले जम्मा गरेको पैसा र ग्रामिण जीवनको अर्थतन्त्रलाई नाटकीय परिवर्तन गर्ने त्यो सहकारीलाई समाप्त गर्ने सहकारी ठग रवि लामिछाने हो । सहकारी ठग लामिछानेलाई बहिष्कार गर्ने हो, लखेट्ने हो । यसपालीको आन्दोलनको एजेण्डा त्यही हो। अनेक मुद्दाहरु बोकेर हिँडेको छ, चार पाँच वटा श्रीमती बोकेर हिँडेको छ, यस्तो पनि हुन्छ ?’

बस्नेतले गत भदौ २४ गते सिंहदरबारसहित राष्ट्रका धरोहर जलाउनेहरूको हिसाबकिताब र खोजीनिती हुने समेत बताए । उनले भने, ‘देश जलाउने लुसिफरहरु, दलालहरू हामीले चिनिसक्यौं, अब यसको हिसाबकिताब चुनावमार्फत हुन्छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...