back

हेटौँडामा मुख्य सडक विस्तार : ०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने

सयौं घर तथा व्यवसायिक भवनहरू भत्काउनुपर्ने देखिएको छ, जसले बजार क्षेत्रको व्यापार, आवास र जनजीवनमा गम्भीर असर पार्नेछ ।

nactional life

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले शहरका मुख्य सडकहरूको विस्तार गर्ने तयारी थालेको छ। उपमहानगरपालिकाको यो योजनाअन्तर्गत सडकको मूल भाग (केन्द्र रेखा) बाट दायाँ र बायाँ दुवैतर्फ २५–२५ मिटरभित्र पर्ने संरचना हटाइने जनाइएको छ ।

यस योजनाको सबैभन्दा संवेदनशील पक्ष भनेको ०३१ सालमै सडक प्रयोजनका लागि मुआब्जा लिएर बनेका घर तथा भवनहरू पनि उक्त मापदण्डभित्र पर्नु हो । करिब ५१ वर्षअघि राज्यबाट मुआब्जा लिएर जग्गामा निर्माण गरिएका संरचनाहरू अहिले आएर पुनः सडक विस्तारका नाममा भत्काउनुपर्ने अवस्थामा पुगेका छन्। यसले पुराना घरधनीहरूलाई थप अन्योल र पीडामा पारेको छ।

सडक विस्तारको प्रभाव हेटौँडा बजार क्षेत्र, राप्ती रोड, पूर्व–पश्चिम राजमार्ग खण्ड, बुद्धचोक–हुप्रचौर सडक, स्कुल रोडलगायत शहरका प्रमुख मार्गहरूमा पर्नेछ । प्रारम्भिक अनुमानअनुसार सयौं घर तथा व्यवसायिक भवनहरू भत्काउनुपर्ने देखिएको छ, जसले बजार क्षेत्रको व्यापार, आवास र जनजीवनमा गम्भीर असर पार्नेछ ।

स्थानीय बासिन्दा र व्यापारीहरू भने यस निर्णयप्रति आक्रोशित देखिएका छन् । एकपटक मुआब्जा लिएर कानुनी रूपमा बसोबास गर्दै आएका घरहरू पुनः हटाउनुपर्ने अवस्था आउनु अन्यायपूर्ण भएको उनीहरूको गुनासो छ ।

कतिपयले स्पष्ट नीति, उचित क्षतिपूर्ति र वैकल्पिक व्यवस्थाविना संरचना भत्काउने काम अगाडि बढे कडा विरोध हुने चेतावनीसमेत दिएका छन् ।

उपमहानगरपालिकाले भने सडक विस्तार शहरी विकास, ट्राफिक व्यवस्थापन र दीर्घकालीन योजनाका लागि अपरिहार्य भएको दाबी गरेको छ । साथै, प्रभावित परिवारहरूलाई उचित मुआब्जा र पुनर्वासको व्यवस्था गरिने आश्वासन दिइएको छ। तर हालसम्म मुआब्जा दर, प्रक्रिया र पुनर्वाससम्बन्धी ठोस तथा औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन ।

सडक विस्तारको यो योजनाले हेटौँडाको स्वरूप परिवर्तन गर्ने अपेक्षा गरिए पनि ०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने अवस्थाले आगामी दिनमा यो विषय ठूलो सामाजिक, आर्थिक र कानुनी विवादको केन्द्र बन्ने निश्चित देखिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३४

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज (बुधबार) बिहान ११...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...