back
himalayan life

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

काठमाडौं । प्रभु मनि ट्रान्सफरको रकम हिनामिना भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरील गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पनि पक्राउ गरेको छ ।

रेमिट्यान्सको रकम दुरुपयोगलाई ढाकछोेप गर्न प्रभु बैंकबाट करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले शाक्यलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । यसका लागि उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिइएको सीआईबीले जनाएको छ ।

प्रहरीले अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरुको विज्ञ टोलीसमेतले अध्ययन विश्लेषण गर्ने क्रममा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनसमेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानूनबिपरीत कार्य गरी प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुरÞ्याएको पाइएको छ । यसअघि गत आईतबार प्रहरीले सिइओ शेरचन, सहायक सिइओ मनिराम पोखरेल र प्रमु्ख जोखिम अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यसअघि सिइआईबीले प्रभु बैंकका पूर्वअध्यक्ष देवी प्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । तर, उनले स्वास्थ्यको कारण देखाएपछि सरकारी वकिलको अनुरोधमा प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

प्रभु मनी ट्रान्सफरको रकम अनियमितता गरेको भन्दै अध्यक्ष कुसुम लामाले भट्टचन विरुद्ध ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत मुद्दामा अनुसन्धान अघि बढाएको हो । सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने÷गराउने कसुरमा संलग्न रहेका व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...