back
himalayan life

हेटौंडामा मंसिर २० देखि मुख्य बजारमा सवारी आवागमन बन्द, बाइपास मार्गमार्फत वैकल्पिक व्यवस्था

हेटौंडा । हेटौंडा–हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइने भएको छ । सडक विस्तार कार्यलाई तीव्र बनाउने उद्देश्यले सडक छेउका संरचना भत्काउने तयारीसँगै यस्तो व्यवस्था लागू गरिन लागिएको हो ।
बाइपास मार्ग तयारी अन्तिम चरणमा पुगेको छ । सडक विस्तारका कारण हुन सक्ने असुविधा कम गर्न वैकल्पिक मार्ग निर्माण तीव्र गतिमा अघि बढाइएको डिभिजन सडक कार्यालयले जनाएको छ। यसको लागि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी तथा डिभिजन सडक कार्यालयका प्राविधिकहरूले चौकीटोलदेखि रातोमाटेसम्मको बाइपास मार्गको स्थलगत निरीक्षण गरेका छन् । आवश्यक मर्मत तथा बेस निर्माणपछि बाइपास मार्ग प्रयोगमा ल्याइने जनाइएको छ ।

काठमाडौं–भैंसेतर्फ जाने सवारीलाई वैकल्पिक मार्ग
मुख्य बजार क्षेत्र बन्द भएपछि हेटौंडाबाट काठमाडौं वा भैंसेतर्फ जाने सवारीसाधनलाई चौकीटोल–राप्तीनदी उकास–राप्ती पुल–त्रिवेणीधाम हुँदै रातोमाटेतर्फ रुट परिवर्तन गरेर आवतजावत गराइने छ ।

संरचना नहटाए डोजर परिचालन
डिभिजन सडक कार्यालयले मंसिर ५ मा जारी गरेको १५ दिने सूचनाको अवधि मंसिर १९ मा सकिँदैछ । कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार तोकिएको समयमा संरचना नहटाए मंसिर २० गते बिहानैदेखि डोजर परिचालन गरी सडक विस्तार कार्य सुरु गरिने छ । यसअघि नै वडा नम्बर १५ रातोमाटे क्षेत्रमा सडक मार्किङ कार्य सुरु भइसकेको छ ।

विभिन्न निकायको टास्क फोर्स गठन
सडक विस्तारलाई व्यवस्थित र प्रभावकारी बनाउन हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण तथा दूरसञ्चार प्राधिकरणका प्रतिनिधि सम्मिलित टास्क फोर्स गठन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सडक विस्तारका क्रममा खानेपानी, विद्युत् तथा दूरसञ्चार सेवामा अवरोध नआओस् भनेर सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताए ।
प्रशासनले स्थानीयवासीलाई सडक विस्तारमा सहयोग गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...