back

भोलिबाट बिपि राजमार्ग २४ सै घण्टा खुला हुने

रामेछाप । आसन्न दशैं–तिहार लगायतका चाडपर्वमा यात्रुहरूको सहज आवागमनका लागि बिपि राजमार्गलाई चौबीसै घण्टा सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको सूचनाअनुसार भोलि असोज १ गतेदेखि राजमार्ग खुला गरिने भएको हो ।

यसअघि वर्षातका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो आउने भएकाले काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सवारी साधनलाई यात्रुको सुरक्षाका लागि भन्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन निषेध गरिएको थियो। जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार भदौ मसान्तसम्म उक्त प्रतिबन्ध लागू गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले यात्रुको माग र चाडपर्वको भीडलाई ध्यानमा राखी असोज १ गतेदेखि राजमार्ग चौबीसै घण्टा सञ्चालन हुने जानकारी दिए । सडक सुरक्षा सजगता अपनाउँदै स्वीकृत कार्ययोजना अनुसार नै यातायात सञ्चालन गरिने जारी सूचनामा उल्लेख छ ।

बिपि राजमार्ग वर्षातमा बारम्बार पहिरोका कारण अवरुद्ध हुने हुँदा यात्रु जोखिममा पर्ने गरेका छन् । तर चाडपर्वमा यात्रुको चापलाई व्यवस्थापन गर्न सुरक्षासँगै जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी राजमार्गलाई खुला राख्ने निर्णय भएको प्रशासनले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

वि.सं.२०८३ साउन ६ बुधवार १८:२५

काठमाडौं । सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन...

दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

वि.सं.२०८३ साउन ६ बुधवार ११:१३

रामेछाप । अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिकास्थित सिप्रिङ खोलामा आएको...

‘जनताको हित नै सर्वोपरि’: निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर स्थगित

‘जनताको हित नै सर्वोपरि’: निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर स्थगित

वि.सं.२०८३ साउन ५ मंगलवार १४:४९

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरेको...

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

वि.सं.२०८३ साउन ४ सोमवार १८:५०

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक...

गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

वि.सं.२०८३ साउन ४ सोमवार १४:१८

काठमाडौं । बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा...

नेपालमै कैलाश धाम निर्माण गर्ने लक्ष्यसहित पशुपतिनाथ धार्मिक महामहोत्सव र जागरण अभियान

नेपालमै कैलाश धाम निर्माण गर्ने लक्ष्यसहित पशुपतिनाथ धार्मिक महामहोत्सव र जागरण अभियान

वि.सं.२०८३ साउन ४ सोमवार १३:२६

काठमाडौं । पशुपतिनाथ धार्मिक महामहोत्सव २०८३ सोमबारदेखि सुरु भएको छ...