back

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना गरेको निःशुल्क स्वास्थ्य क्याम्प भव्य रूपमा सम्पन्न भएको छ।

मासिक रूपमा हुने क्याम्पलाई यो पटक लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगा, रोल्पाली चेली फाउन्डेसन ,लायन्स क्लब अफ बालकुमारी साङ्ला र तार्केश्वर क्लब–६० को सहकार्यमा सम्पन्न गरिएको हो।

‘सडकदेखि सदनसम्म’ अभियान अन्तर्गत सञ्चालन गरिएको क्याम्पमा काठमाडौंका विभिन्न क्षेत्रबाट आएका नागरिकहरूलाई निःशुल्क दन्त स्वास्थ्य सेवा प्रदान गरियो।

क्याम्पको विशेष आकर्षणका रूपमा स्वास्थ्य क्षेत्रमा योगदान पु-याउँदै आएका पत्रकार तथा सामाजिक संघ–संस्थाहरूलाई सम्मान गरियो। नेपालका लोकप्रिय अभिनेता श्रीदेव भट्टराईको प्रमुख आतिथ्यमा उनीहरूको सम्मान गरिएको हो।

कार्यक्रममा ॐ समाज डेन्टल अस्पताल बनस्थली शाखाकी प्रमुख सबिना पपन गुरुङले भनिन्, “स्वास्थ्य क्षेत्रमा क्रियाशील पत्रकार तथा सहयोगी संस्थाहरुलाई सम्मान गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो। यस्तो कार्यक्रम पहिलोपटक आयोजना गर्न पाउँदा हामी अत्यन्त खुशी छौं।”

सम्मानित व्यक्तिहरूलाई रोल्पाली चेली फाउन्डेसनकी अध्यक्षले परम्परागत रूपमा निधारमा टीका लगाएर स्वागत गरेकी थिइन्।

सम्मान प्राप्त गर्ने पत्रकारहरूमा नन्दलाल खरेल, जयराम बिडारी, डी.बी. पराजुली, दिनेश लामिछाने, गंगा भेटवाल, सन्तोष तिवारी, कल्पना कार्की, रिता नेपाली, बिमला नेपाली, दुर्गा न्यौपानेलगायत थिए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार २०:०१

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल...

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:५५

सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु...

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४६

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको...

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

वि.सं.२०८३ साउन १४ बिहीवार १९:१८

ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुनसरीको देवानगन्ज गाउँपालिका...

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

वि.सं.२०८३ साउन १४ बिहीवार १९:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा...