back

जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट छैनन् : सांसद गौतम

nactional life

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले अदालतले प्रतिवादीलाई जानकारी नदिइ मुद्दाको पेशी तोक्ने गरेको आरोप लगाएकी छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट नरहेको बताइन् ।

उनले भनिन्,‘सरकार र न्यायपालिका कतैबाट पनि जनता सन्तुष्ट छैनन् । यो सत्य हो । संसद र सरकार एक राजनीतिक परिवेशबाट उदाउने संस्थाहरु हुन् । पछिल्लो समय अदालतमा एउटा अनौठो दृश्य देखिन थालेको छ । अदालतले प्रतिवादीलाई जानकारी नदिइ मुद्दाको पेशी तोक्ने, सुनुवाई गर्ने अनि सुनुवाइ सकेपछि जानकारी रहेनछ, जानकारी भएपछि मुद्दा हेरौंला भन्ने गरेको पाइन्छ । जबरजस्ती ढगंमा जानकारी दिएर पेल्न खोजिएको जस्तो देखिएको छ ।

यसले न्यायपालिकालाई कहाँ पुर्याउँछ ? जटिल प्रश्न खडा भएको महसुस भएको छ । सुचना दिएर मात्रै पेशी राख्ने हो । सुनुवाई सुरु भइसकेपछि आफ्नो पक्षले के बोल्यो भन्नेकुरा थाहा पाउनुपर्छ नत्र आफ्नो तर्क कसरी राख्न सक्छ त ? यो त प्रकृति न्यायको घोर अपमान भयो । यसरी एक पक्षीय रुपमा अगाडि बढाइएका न्यायिक प्रक्रियाको वस्तुमाथि नै प्रहार हो यो । सुनुवाई निष्पक्ष हुनपर्छ । निष्पक्ष देखिने कोसिस गर्ने, निष्पक्ष हुन नखोज्ने अवस्था अदालतले सिर्जना गर्न नहुने हो ।’

त्यस्तै उनले पूर्वन्यायाधीशहरुको फोरमले न्यायपालिका कै शैलीमाथि प्रश्न उठाउनपर्ने बेला आएको पनि तर्क राखिन् । त्यस्तै सांसद गौतमले न्यायिक सम्पादन हुनुअघि नै न्यायिक गतिविधिको हत्या हुँदै गएको भन्दै त्यसको जागरुक प्रतिरोध गर्नुपर्ने बताइन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल...

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५९

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागबारे भारत र...

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (शाह) बालेनले भदौ २३ र २४...

संसदमा हात उठाउँदै प्रधानमन्त्रीले मागे समय

संसदमा हात उठाउँदै प्रधानमन्त्रीले मागे समय

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका...

स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:१२

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न अभियान...

बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ जेठ १५ शुक्रवार १४:४५

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद्...