back
Naima

रोजगारउन्मूख सीप विकास तालिम सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै रोजगारउन्मूख सीप विकास तालिम सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सोही कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले सरकारले आगामी १० वर्षलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अगाडि बढाउन खोजी रहेको बताएका छन् ।

उनले भने, ‘सरकारले आगामी १० वर्षलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अगाडि बढाउन खोजी रहेका छौ । यो शिलशिलामा बजारमा आवश्यक भएको दक्ष जनशक्ति निर्माण गरेर उनीहरुलाई उत्पादनशिल क्षेत्रसँग जोडेर रोजगारका सम्भावनाहरुलाई ल्याउने त्यसले मुलुकको उत्पादन बढाउने र मुलुकलाई समृद्ध बनाउने । यसमा तीनवटा बुँदालाई अगाडि सारेका छौ एकमा सिप, दोस्रो सिप र तेस्रो पनि सिप नै जबसम्म सिपयुक्त जनशक्ति तयार हुन सक्दैँन् तबसम्म हामीले भएका सम्भावना पनि प्रयोग गर्न सक्दैँनौ ।’

यस्तै, वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै हो भनेर अगाडि बढेको पनि उनको भनाई छ ।

उनले भने, ‘अहिले मुलुकमा जुन किसिमले रोजगारीको अवसरहरु सिर्जना गर्न हामी लागि परेका छौ र श्रम बजारमा जसरी बेरोजगारको चाप बढि रहेको छ, जसले गर्दा वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता भईरहेको छ । यसको लागि मुलुकभित्रको उत्पादन र उद्यमशिलतालाई बढाएर कहाँ कस्ता रोजगारहरु छन् कि भन्ने हिसाबले वैदेशिक रोजगारको विकल्पको रुपमा आन्तरिक रोजगार नै हो भनेर अगाडि बढेका छौ ।’

रोजगारमुलक सिप विकास तालिम मार्फत रोजगारदाता संस्थाका लागि दक्ष जनशक्ति उत्पादन गरी बेरोजगारी न्यूनिकरण गराउने उद्देश्यले नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासंघ बीचको साझेदारीमा हस्तकला सम्बन्धी पेशाको क्षेत्रमा विकास समिती गठन आदेश, २०८० को दफा ७(ङ) बमोजिम औधोगिक प्रतिष्ठान वा उद्योगी संघ÷संस्था वा तालिम प्रदायक सस्थाहरुसँगको समन्वय र सहकार्यमा रोजगारउन्मूख सीप विकास तालिम, उद्यमशिलता विकास तालिम र प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्न यो समझदारी पत्र तयार गरिएको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनसेल शेयर खरिद-बिक्री प्रकरण: छानबिन समितिको प्रतिवेदनले देखायो ९५% अस्वाभाविक अवमूल्यन र कर छलीको खेल

एनसेल शेयर खरिद-बिक्री प्रकरण: छानबिन समितिको प्रतिवेदनले देखायो ९५% अस्वाभाविक अवमूल्यन र कर छलीको खेल

वि.सं.२०८३ साउन २७ बुधवार १९:३३

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको सबैभन्दा ठूलो निजी सेवा प्रदायक...

यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छौं : अनुकूल निधि

यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छौं : अनुकूल निधि

वि.सं.२०८३ साउन २७ बुधवार १८:५४

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा...

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

वि.सं.२०८३ साउन २७ बुधवार ११:३४

काठमाडौँ। निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाली...

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २६ मंगलवार १९:१३

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष...

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

वि.सं.२०८३ साउन २६ मंगलवार १८:४१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विश्वकै...

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

वि.सं.२०८३ साउन २६ मंगलवार १८:२९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी...