back
Naima

माओवादी केन्द्र सरकारमा जाँदैन्, प्रचार गलत हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भन्ने प्रचार गलत भएको बताएका छन् । उनले सरकारमा जाने कुनै नीति नलिएको प्रष्ट पारे ।

सोमबार काठमाडौंमा आयोजित राजेन्द्र श्रेष्ठको पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकार भ्रष्टाचारलाई जोगाउने पक्षमा र आफूहरु नियन्त्रण गर्ने पक्षमा रहेकाले बिमति भएको भन्दै सरकरसँग कुनै मिलन विन्दु नरहेको बताए ।

उनले भने,‘आजभोलि चर्चा आइरहेको छ । कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए रे भनेर चर्चा सामाजिक सञ्जालमा भइरहेको छ । हामी अहिले सरकारमा जाने कुनै नीति लिएको छैनौं, लिँदैनौं पनि । देशमा संकट आयो विचार गर्छौं । तर यही सरकारमा गएर सामेल हुने कुनै नीति छैन् । त्यस्तो औपचारिक रुपमा कुरा पनि कसैसँग भएको छैन् । भ्रष्टाचारलाई जोगाउने सरकार र हामीबीच सुरुमा नै ठूलो बिमती भएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने कि बचाउने हामी रोक्नपर्छ भन्ने पक्षपातीमा भयौं । अहिलेको सरकार बचाउने पक्षमा भएकाले मिलन विन्दु हामीले देखेका छैनौ ।’
त्यस्तै उनले नेपालमा चुनाव लडेर जित्ने मात्रै सक्षम र नेता हुन्छन भन्ने गलत मान्यता रहेको बताए । चुनाव नलडेर पनि अध्ययन मेहेनत गरेर विज्ञता हासिल गर्नेहरु नेताभन्दा धेरै माथि रहेको उनको भनाई छ ।

उनले भने,‘ मन्त्रीमण्डल बनाउँदा सांसदहरुबाटै बनाउने प्रणालीले सांसद बन्न अत्याधिक खर्च गर्नुपर्ने ,सांसद बनेपछि मन्त्री बन्न करोडौंको चलखेल हुने, मन्त्री बनेपछि सांसद बन्दाको खर्च, मन्त्री बन्दा लगानी गरेको खर्च उठाउनुपर्ने बाध्यता हुने र भ्रष्टाचार संस्थागत हुँदै जाने यो प्रणालीभित्र नै रोग छ । यस्तो प्रणालीगत रोग निको पार्न प्रणालीमा नै सुधार गर्न जरुरी छ । नेपालमा चुनाव लडेर जित्ने मात्रै प्रतिभा, सक्षम र नेता हुन्छन भन्ने मान्यता नै गलत छ । चुनाव नलडेर अध्ययन मेहेनत गर्ने विज्ञता हासिल गर्नेहरु नेताभन्दा धेरै माथि हुन्छन् ।’ त्यस्तै उनले जबसम्म पूर्ण समानुपनातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या कार्यकारी प्रमुख हुँदैन तबसम्म संघीय लाकतान्त्रिक गणतन्त्रले स्थायित्व नदिने बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

वि.सं.२०८३ साउन २५ सोमवार १६:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ...

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

वि.सं.२०८३ साउन २५ सोमवार १४:०३

काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित...

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

वि.सं.२०८३ साउन २५ सोमवार १३:५७

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई...

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

वि.सं.२०८३ साउन २५ सोमवार ०९:२०

काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा...