back
Naima

समृद्धिका लागि औद्योगिक र उद्यमशिलताको विकास आवश्यक : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले समृद्धिको लागि औद्योगिक क्षेत्र र उद्यमशिलताको विकास आवश्यक रहेको बताएका छन् ।  उद्योग मन्त्रालय र नेपाल उद्योग परिसंघ (सीएनआई) द्वारा काठमाडौंमा आयोजित महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उनले (सीएनआई)ले निजी क्षेत्रको उत्पादनमूलक एवं सेवामूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि सरकार सँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको बताए ।

परिसंघले उद्योग, राजश्व, पूर्वाधार, पर्यटन, महिला नेतृत्व फोरम लगायत समिति, परिषद्, फोरम गठन गरी गतिविधि एवं नीतिगत सुझाव दिदै आउनुका साथै सरोकारवाला अन्य संघ संस्थासँग सहकार्य, समन्वय गर्दै अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्दै आएको कुरा सन्तोषजनक रहेको बताए ।

उनले भने,‘नेपालको समृद्धिको लागि औद्योगिक विकास महत्तवपूर्ण छ । नेपाल उद्योग परिसंघले देशको द्रुत गतिमा परिवर्तन भइरहेको राजनीतिक–आर्थिक परिदृश्यमा विकसित र अनुकूलन गर्न आफ्ना सदस्य उत्पादन र सेवा उद्योगहरूलाई निरन्तर सहयोग गर्दै आइरहेको छ । यसले नीतिगत मुद्दाहरू र औद्योगिक विकासका मामिलाहरूमा सरकार र सम्बन्धित निकायहरूसँग नजिकबाट काम गरिरहेको छ ।’

उनले परिसंघले हरेक दुई वर्षमा आयोजना गर्ने महिला नेतृत्व शिखर सम्मेलनमा परिवर्तनको संवाहक महिला विषय केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले भने,‘यस सन्दर्भमा आजको सम्मेलनमा उपस्थित वमन लिडरसिपमा नेपाल सहित भारत, बेलायत, सिंगापुर, हङकङ लगायत विभिन्न मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरण लगायतका क्षेत्रमा स्थापित रुपान्तरणाकारी एवं प्रभावशाली महिलाहरूको सहभागिता रहेको हुँदा उपस्थित सम्पूर्ण महिलाहरूलाई प्रेरित तथा प्रोत्साहित गर्नेछ भन्ने कुरामा म विश्वस्त छु । र साथै उद्यमशीलता प्रवर्धन कालागि महिला उद्यमीहरूबाट उत्पादित स्वदेशी बस्तुहरूको प्रदर्शनले महिला सशक्तीकरणमा थप टेवा पुग्न जाने प्रचुर सम्भावना रहने कुरामा म थप विश्वस्त छु ।’

उनले वर्तमान सरकारले सार्वजनिक निकायमा स्वदेशी बस्तुको प्रयोग अनिवार्य गर्ने कुरामा जोड दिएकाले उक्त कार्यक्रम महिला उद्यमीका फाइदाजनक भएको बताए । महिला नेतृत्व, शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने हुँदा नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरूले लिनुपर्ने नीतिगत विषयमा गहन रूपमा राखिएका छलफल कार्यक्रमको प्रस्तुतिबाट यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुने उनको भनाई छ । उनले महिलाहरूलाई लिडरसिप तथा उद्यमशीलतामा पूर्ण अभिप्रेरित गर्ने बताए ।

उनले वर्तमान प्रधानमन्त्रीले राज्यका प्रमुख निकायहरूको नेतृत्वमा महिलालाई अवसर दिनु महत्त्वपूर्ण कार्य भएको बताए । प्रधानमन्त्री केपी ओलीको प्रमुख आथित्यतामा भएको कार्यक्रमका विशिष्ट अतिथी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारी थिए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

वि.सं.२०८३ साउन २५ सोमवार १६:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ...

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

वि.सं.२०८३ साउन २५ सोमवार १४:०३

काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित...

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

वि.सं.२०८३ साउन २५ सोमवार १३:५७

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई...

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

वि.सं.२०८३ साउन २५ सोमवार ०९:२०

काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा...