back

ह्युमनोइड रोबोटले हाफ म्याराथनमा भाग लिने

एजेन्सी। चीनमा निर्मित ‘टियांगोंग’ ह्युमनोइड रोबोटको अपग्रेड गरिएको संस्करण, टियांगोंग अल्ट्राले हाफ म्याराथनमा भाग लिन तयारी गरिरहेको छ । बेइजिङमा अर्को महिना हुने हाफ म्याराथनको तयारीको लागि परीक्षण गरिरहेको हो ।

बेइजिङको आर्थिक–प्राविधिक विकास क्षेत्रमा अप्रिल १३ मा तय भएको दौडमा रोबोटिक र मानव खेलाडी दुवैले एउटै रुटमा प्रतिस्पर्धा गर्नेछन् । तर सबै सहभागीहरूको सुरक्षा सुनिश्चित गर्न छुट्टाछुट्टै ट्र्याकहरू तयार गरिनेछ । प्रतियोगितामा विश्वव्यापी रोबोट कम्पनीहरू, अनुसन्धान संस्थानहरू, रोबोट क्लबहरू र विश्वविद्यालयहरूका लागि खुला गरिएको छ । अहिलेसम्म २३ संस्थाहरूले प्रतियोगिताको लागि आवेदन दिएका छन् ।

बेइजिङ ह्युमनोइड रोबोट इनोभेसन सेन्टरद्वारा विकसित, टियाङगोङ अल्ट्राको आकार पुरानो संस्करणको तुलनामा ठूलो, लामो खुट्टा र बलियो कम्मर छ। टियाङगोङ ल्ट्राले दौडँदा आफ्नो खुट्टा र गोलीगाँठोको जोर्नीमा पर्ने असरलाई कम गर्न ‘जुत्ता’ लगाउने इन्जिनियरहरूले जनाएका छन् ।

बलियो पूँजी लगानीले बलियो बन्दै गएको चीनको रोबोटिक्स उद्योग तीब्र रुपमा विकास भइरहेको छ । २०२४ मा सांघाईमा भएको विश्व एआई सम्मेलनमा जारी गरिएको ह्युमनोइड रोबोट उद्योगको प्रतिवेदन अनुसार, गत वर्ष चीनको ह्युमनोइड रोबोट बजार स्केल लगभग २.७६ अर्ब युआन (लगभग ३८१.२८ मिलियन अमेरिकी डलर) थियो।

२०२९ सम्ममा, यो ७५ अर्ब युआन (लगभग १०.३६ अर्ब अमेरिकी डलर) पुग्ने अपेक्षा गरिएको छ । जुन विश्वव्यापी बजारको ३२.७ प्रतिशत हुनेछ।

nactional life
Corporatebazar 11 Anniversary

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

वि.सं.२०८३ वैशाख २७ आइतवार १२:०३

इलाम । पूर्वी पहाडको महत्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्ग अन्तर्गत...

वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा ‘रेड सिग्नल’: कार्यदलले बुझायो १४२ पृष्ठको प्रतिवेदन

वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा ‘रेड सिग्नल’: कार्यदलले बुझायो १४२ पृष्ठको प्रतिवेदन

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १७:४३

काठमाडौं । पश्चिम एसिया (मिडल इस्ट) क्षेत्रमा बढ्दो तनाव र...

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५९

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नयाँ कार्यविधि पारित...

पोखरा विमानस्थल प्रकरण: पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोडको भ्रष्टाचार मुद्दा

पोखरा विमानस्थल प्रकरण: पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोडको भ्रष्टाचार मुद्दा

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल...

आइतबारको बिदा कटौती अभिभावकको माग

आइतबारको बिदा कटौती अभिभावकको माग

वि.सं.२०८३ वैशाख २४ बिहीवार १८:२८

पर्सा । पर्साको शैक्षिक क्षेत्रमा आइतबार दिइने बिदा कटौतीको माग...

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

वि.सं.२०८३ वैशाख २४ बिहीवार १०:५६

काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली...