back
himalayan life

सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ : सांसद भण्डारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको आरोप लगाएकी छिन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक आडमा कानुनी विभेद बढेको भन्दै उनले जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको बताइन् ।

उनले भनिन्,‘देशमा भ्रष्टाचारले जडा गाडेको गाडेई छ । राजनीतिक आडमा कानुनी विभेद बढेको छ । न्याय खोज्नेले अन्याय खेप्न परेको छ । जनता महङ्गी बेरोजगारीको मारमा छन् । सरकार कहाँ छ त ? जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ ।’ त्यस्तै उनले सरकार नयाँ नेतृत्वलाई होच्याउने र सिध्याउने खेलमा जुटेको र देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको पनि बताइन् ।

राजावादीको आन्दोलनमा जनता राजा फर्काउन नभई सरकारकै अर्कमण्यता र भ्रष्टाचारले निराशा र दिक्क भएर निस्किएको पनि उनको भनाइ छ ।उनले भनिन्,‘नयाँ नेतृत्वलाई होच्याउने र सिध्याउने खेलमा जुटेको छ । देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको छ । सडकमा जनता राजा फर्काउन होइन । सरकारकै अर्कमण्यता, भ्रष्टाचारले निराशा र दिक्क भएर सडकमा निस्किएका हुन ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...