back

खाली हुँदै गाउँ, नष्ट हुँदै प्राचीन सांस्कृतिक सम्पदाहरू

रामेछाप । मानिसहरू सहर पसेपछि गाउँ खालि हुँदै जाँदा त्यसको प्रभाव सांस्कृतिक सम्पदाहरूमा पनि पर्न लागेको छ । गाउँमा मानिसहरू बस्न छाडेपछि पुराना सांस्कृतिक र ऐतिहासिक सम्पदाहरू संरक्षणको अभावमा ढल्न र नष्ट हुन लागेका छन् । ती सम्पदाहरूको संरक्षणमा ध्यान नदिने हो भने केही समयमा नै नष्ट भएर जाने अवस्था सिर्जना भएको छ ।

गाउँमा मानिसहरू बस्न छाडेपछि बौद्ध धर्मालम्बिले आफन्तहरूको स्मरणमा बनाएका पुराना मानेहरू (छ्योर्तेन) नष्ट हुन लागेका सुनापति गाउँपालिका–४ बेथानका राजकुमार मैनाली बताउँछन् । वर्षौँ पुराना यस्ता धार्मिक तथा सांस्कृतिक संरचनाहरू अहिले खण्डहरमा परिणत भएका उनले बताए । ‘गाउँमा संरक्षण गर्ने मान्छे छैनन्, युवा जति सबै सहर र विदेशमा छन्, गाउँमा भएका बुढापाकाले काम गर्न सक्दैनन्, त्यसैले प्राचीन सम्पदाहरूको संरक्षण हुन छाडेको छ’, उनले भने ।

सुनापति गाउँपालिका–४ भ्वासामा रहेका यस्ता पुराना मानेहरू ढल्ने अवस्थामा पुगेका मैनालीले जानकारी दिए । ‘ती संरचना १ सय ५० वर्ष भन्दा पनि अगाडि हुन्, संरक्षण हुन नसक्दा खण्डहर भएका छन्, कुनै पनि बेला माटोमा बिलाउने अवस्था छ’, उनले भने । सुनापति–४ बेथानका अम्मरध्ज तामाङ यस्ता प्राचीन धार्मिक र सांस्कृतिक सम्पदा जोगाउने कुरा चुनौतीपूर्ण बन्दै गएको बताउँछन् ।

‘ती सम्पदा बनाउनेका सन्तानहरू गाउँ छाडेर हिँडे, गाउँमा बस्नेले त्यसको संरक्षण गर्न सक्ने अवस्था छैन, यस्ता संस्कृति र सम्पदा स्थानीय सरकारले संरक्षण नगर्ने हो भने सबै नष्ट हुन्छन्, इतिहास नै मरेर जान्छ’, उनेले भने । बेथाको मात्र होइन जिल्ला भरिकै अवस्था यस्तै छ ।

अहिले यस्तै प्राचीन ऐतिहासिक माने, छ्योर्तेनहरु, मन्दिर, धारा, चौतारा, पँधेराहरू संरक्षणको पर्खाइमा छन् । संरक्षण नहुँदा नेपाली परम्पराको पहिचान दिने ती सम्पदाहरू बिस्तारै नष्ट हुँदै गएका छन् । यसको संरक्षणमा स्थानीय सरकार र नागरिक समाजको ध्यान जान आवश्यक देखिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार २०:०१

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल...

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:५५

सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु...

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४६

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको...

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

वि.सं.२०८३ साउन १४ बिहीवार १९:१८

ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुनसरीको देवानगन्ज गाउँपालिका...

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

वि.सं.२०८३ साउन १४ बिहीवार १९:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा...