अध्यादेश सबै दलका लागि इतिहास लेख्ने अवसर हो : सुनिता बराल
वि.सं.२०८१ फागुन २१ बुधवार
काठमाडौँ । नेकपा एमालेकी सचेतक सुनिता बरालले संसदमा पेश भएका अध्यादेशहरु इतिहास लेख्ने अवसर भएको बताएकी छन् ।
सोमवार प्रतिनिधि सभाको शुन्य सयममा बोल्दै उनले निर्वाचनमा जाँदा सबै राजनीतिक दलहरुले प्रश्तुत गरेका घोषणा पत्र अनुसार सरकारले पेश गर्न लागेको अध्यादेश सबै दलहरुले साझा बनाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘हामी दलीय राजनीतिमा छौँ र निर्वाचनमा जाँदा सबैले आ—आफ्ना घोषणा पत्रमा सुन्दर विषय उल्लेख गरेका हुन्छौँ । आज नेपाल सरकारले पाँच वटा अध्यादेशहरु निर्णयार्थ सदनमा प्रश्तुत गर्दैछ । जसमा नेपालका आर्थिक विकास र प्रगतिका विषयहरु, रोजगारीको सिर्जना, व्यावसायिहक वातावरणको निर्माण, सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो बनाउने र सुशासनलाई थप समृद्ध बनाउने विषयहरु छन् । हिजो सुन्दर इतिहास पढ्दै आएको यो थलो आज इतिहास लेख्ने एउट अवसरका प्राप्त गरेका छौँ । यो अवसरमा सबै दलहरुलाई र मानीयहरुलाई आज पेश हुने अध्यादेशहरुलाई साझा बनाएर अगाडि बढ्नका लागि अनुरोध गर्न चाहन्छु ।’
प्रकाशित समय : १५:११ बजे






















