‘अमेरिकी अर्थतन्त्रलाई ट्रम्पले मन्दीतिर धकेलिरहेका छन्’
वि.सं.२०८१ फागुन २१ बुधवार
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शीतयुद्धमा हार मानेको आरोप डेमोक्रेटहरूले लगाएका छन् ।
‘शीतयुद्धको समयमा हुर्केको व्यक्तिको रूपमा, म ट्रम्पप्रति होइन, म रेगनप्रति कृतज्ञ छु, जो १९८० को दशकमा राष्ट्रपति थिए,’ डेमोक्रेट सिनेटर स्लटकिनले भनिन् ।
आफूले चिनियाँ वा रुसी नेतृत्वको सट्टा अमेरिकी नेतृत्वलाई प्राथमिकता दिने पनि उनले बताइन् । रेगन रिपब्लिकन पार्टीका पूर्वअमेरिकी राष्ट्रपति थिए । मृत्यु भएको २० वर्षपछि पनि उनी रिपब्लिकन समर्थकहरूमाझ निकै लोकप्रिय छन् । उनको कार्यकालमा अमेरिकाले द्रुत गतिमा प्रगति गरेको धेरै मानिसहरू विश्वास गर्छन् ।
ट्रम्पको भाषणको जवाफ दिँदै, स्लटकिनले अमेरिकी राष्ट्रपतिको सबैभन्दा प्रचारित मुद्दा, आप्रवासनको आलोचना गरिन् ।
‘टुटे फुटेको अध्यागमन प्रणालीलाई ठिक नगरी सीमा सुरक्षित गर्नु भनेको रोगको सट्टा लक्षणको उपचार गर्नु जस्तै हो,’ उनले भनिन् ।
‘अमेरिका आप्रवासीहरूको देश हो, हामीलाई एउटा यस्तो प्रणाली चाहिएको छ जुन व्यावहारिक होस् अनि हाम्रो अर्थतन्त्रको आवश्यकतामा केन्द्रित होस्, जसले उत्तम व्यक्तिहरूलाई कानुनी रूपमा आएर काम गर्न अनुमति देओस्’ उनले भनिन् ।आप्रवासीहरूलाई लखेट्ने ट्रम्पको पछिल्लो कदमले अमेरिकी अर्थतन्त्रलाई सिधै मन्दीमा पुर्याउने उनले बताइन् ।
प्रकाशित समय : १५:०३ बजे






















