back
Naima

कानुन मिचेर जथाभावी गरिएको सरुवा मान्य हुँदैन् : अध्यक्ष रेग्मी

काठमाडौं –  लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले स्थानीय तहबाट नियुक्त भएका कर्मचारीहरु सामान्य प्रशासन मन्त्रालयबाटै सरुवा हुनु विल्कुलै गलत भएको बताएका छन् ।

विहीवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले कुनै पालिकाले कुनै सन्दर्भमा नियुक्त गरेको कर्मचारी आफ्नो अनुकुल हुने ठाउँमा आफ्नो प्रभाव प्रयोग गरेर सरुवा हुन पाउने कुरा कुनै सिद्धान्तले नमिल्ने र गलत रहेको बताएका हुन् ।

उनले भने, ‘विभिन्न स्थानीय तहबाट नियुक्त भएका कर्मचारीहरु सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर विभिन्न ठाउमा कार्यरत रहनुभएको छ । त्यो विल्कुलै गलत काम भइरहेको छ । त्यो कुनैपनि हालतमा मिल्दैन ।

एउटा पालिकाले कुनै सन्दर्भमा २०/२५ वर्ष नियुक्त गरेको कर्मचारी त्यो पालिकाबाट अनुकुल हुने ठाउँमा आफ्नो प्रभाव प्रयोग गरेर चाहेको ठाउँमा सरुवा भएर काम गर्न पाउनुपर्छ भन्ने कुरा कुनै सिद्धान्तले, कुनै कानुनले वा नीतिले मिल्दैन । तर त्यो भइरहेको छ । त्यो सम्पूर्णरुपमा गलत छ । त्यसमा सुधार गर्नुपर्छ । उहाँहरु जहाँ नियुक्ति हुनुभएको छ त्यही जानुपर्छ ।’

उनले कानुन निर्माण गरेर सरुवा गरे जायज हुने भएकाले कानुनको अभावमा जथावाभी गरिएका सरुवा गलत हुने पनि बताए । बैठकमा लोक सेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदन माथि छलफल भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...