back

वर्षायाममा मेलम्चीमा अवरोध आए सिस्नेरी खानेपानी उपयुक्त हुन्छ : मन्त्री यादव

nactional life

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरस्थित सिस्नेरी खोलाको खानेपानी आयोजनालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । काठमाडौँ उपत्यकाको खानेपानी आपूर्तिलाई दिगो र भरपर्दो बनाउने लक्ष्यसहित मन्त्री यादवले सिस्नेरी आयोजनाको मुहान निरीक्षण गर्दै स्थलगत अवलोकन गरेका थिए ।

निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आयोजनालाई यथाशक्य चाँडो सम्पन्न गर्ने स्पष्ट निर्देशन दिएको जानकारी गराए । उनले भने, ‘वर्षायाममा मेलम्चीमा कुनै अवरोध आए उपत्यकावासीले खानेपानी अभाव भोग्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो । त्यसैले, सिस्नेरी आयोजना तीव्र रूपमा अघि बढाइनेछ ।’

उक्त महत्वाकांक्षी आयोजना समयमै सम्पन्न गर्न संघीय, प्रदेश, र स्थानीय सरकारको समन्वय अपरिहार्य रहेको मन्त्री यादवको भनाइ छ । साथै, उनले अन्तर्राष्ट्रिय विकास साझेदारहरूको प्रविधि, वित्तीय सहयोग, र अनुभवबाट परियोजना छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले भने, ‘मैंले तीनै तहका सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूलाई यस आयोजनामा सहयोग गर्न आग्रह गरेको छु ।

काठमाडौँ उपत्यकाका नागरिकलाई भरपर्दो र दिगो खानेपानी उपलब्ध गराउन हाम्रो सामूहिक प्रयास आवश्यक छ ।’ काठमाडौँ उपत्यकावासी नागरिकलाई बाह्रै महिना पानी वितरण गर्ने एवम् २४ घण्टा पानी धारामा पठाउने योजना अनुसार सिस्नेरी खोला खानेपानी आयोजनाको कामलाई तीब्र रुपमा अघि बढाउन लागिएको मन्त्री यादवको भनाई छ ।

मकवानपुरको सिस्नेरी खोलामा बाँध निर्माण गरी पानी सङ्कलन गरिने र आयोजना सम्पन्न भएपछि दैनिक १३ देखि १४ करोड लिटर पानी ललितपुरको भेसेपाटी सैंबु जलाशयमा पठाई ललितपुर क्षेत्रभित्र वितरण गर्ने योजना रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) का कार्यकारी निर्देशक संजीबवीक्रम राणाले जानकारी दिए ।

सिस्नेरी आयोजना ललितपुरको सैंबु रिजर्भवायरबाट करिब १९ किलोमिटर दक्षिणमा पर्दछ । यो आयोजना कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर हुँदै बगेको बागमती नदी नजिकै अवस्थित रहेको छ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानी खोलाको शाखा हो भने कुलेखानी बागमती नदीको सहायक खोला हो ।

यस परियोजनालाई दीर्घकालीन महत्वको आयोजनाका रूपमा लिइएको छ । सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायाममा सङ्कलन गर्ने योजना बनाइएको र सङ्कलित पानीलाई पम्पिङ प्रणालीमार्फत सैंबु जलाशयमा पुराउनेछ, जसले ललितपुर महानगर क्षेत्रभरि खानेपानी वितरणको सुनिश्चितता गर्नेछ ।

सरकारको तीव्र पहल र सबै पक्षको सहकार्यले उक्त आयोजना समयमै सम्पन्न भई काठमाडौँ उपत्यकावासी नागरिकहरुको खानेपानी अभाव अन्त्य गर्ने विश्वास गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...