back
Naima

कवाडी हटाउन अटेर गरे फेरि डोजर चल्छ : नगर प्रमुख पाण्डे 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कवाडी व्यवसाय हटाउन डोजर अभियान सुरु गर्ने जानकारी दिएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर प्रहरी प्रमुख राजु पाण्डेले कवाडी व्यवसायले बस्तीमा जोखिम पैदा भएको स्थानीयकै गुनासो भएको भन्दै सम्झाएर नमानेमा डोजर चलाएर कवाडी व्यवसाय हटाउने जानकारी गराए ।

उनले भने,‘स्थानीय तहको प्रहरीले सरकारको आदेश र निर्णय नै कार्यान्वयन गर्ने हो । त्यो कुरालाई नबुझेर त्यसमा हुने जेखिमका कुराहरु छन् । अब आउने चैत्र बैशाखको हावाहुरीले विभिन्न टहराहरु भत्किएर उडाएर बस्तीमा जोखिम हुने अवस्था छ । त्यो सम्पूर्ण रुपमा हटाउनलाई सम्झाएर नमाने निर्मम तरिकाले डोजर लगाउने काम सुरु गर्छौं । उहाँहरुलाई खुला ठाउँमा लगेर सार्न अनुरोध गर्दछौं । मान्नु भएन भने योजनावद्ध रुपमा कवाडी हटाउने अभियानमा लाग्नेछौं ।’

त्यस्तै उनले महानगरपालिका भित्र जोखिम हुनेगरी विभिन्न किसिमका अस्थायी मापदण्डविपरीतका टहराहरु निर्माण गरी कवाडी व्यवसाय गरिहेको र विगतदेखि नै सम्झाउँदा पनि उल्टै प्रहरीमाथि आक्रमण हुने गरेको बताए । व्यवसायीले हात हतियार, सिसाका बोतल लिएर महानगर प्रहरीमाथि आक्रमण गरेको तर सत्यलाई बङ्ग्याएर विभिन्न किसिमको टिकाटिप्पणी भएकोमा दुःख व्यक्त समेत गरे ।

उनले भने,‘काठमाडौं महानगरपालिका भित्रको आवसीय क्षेत्रमा जोखिम हुनेगरी विभिन्न किसिमका अस्थायी मापदण्डविपरीतका टहराहरु निर्माणगरी कवाडी व्यवसाय सञ्चालन गरिराखेको अवस्था थियो । हामीले सम्झाउँदा पनि नमानेको कारण र विगत एक वर्षदेखि काम गर्दा पनि अटेरी गरेको र हटाउन जाँदा पनि विभिन्न हात हतियार, सिसाका बोतल लिएर महानगर प्रहरीमाथि आक्रमण गर्ने र जुन सत्य हो त्यसलाई बङ्ग्याएर विभिन्न किसिमको टिकाटिप्पणी भएको छ ।

स्थानीय जनताको पीर मर्काको आधारमा हटाउन लागेको हो । तर विभिन्न फोरममा जुन भ्रम सृजना भएको छ, त्यसप्रति महानगर प्रहरी दुःख व्यक्त गर्दछ ।’ साथै नगरपालिकाभित्र फोहोरमैला गर्नेलाई कारबाहीको दायरामा ल्याउने पनि उनले जानकारी दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...