back
Naima

नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयकप्रति कर्मचारी संघको आपत्ति

आन्दोलनको चेतावनी

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी बनेको विधेयक संसदमा दर्ता भएकोप्रति नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघलगायतका संघसंस्थाले आपत्ति जनाएका छन् । मंगलबार विहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे समक्ष ध्यानाकर्ष पत्र बुझाउँदै दुई विधेयक दर्ता भएकोप्रति आपत्ति जनाएका हुन् ।

‘प्रतिनिधि सभाको मिति २०८१|१०|१९ गतेको दर्ता नम्बर ४ र ५ को विधेयक सरोकारवाला, वौद्धिक वर्ग, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरु र पेशागत संघ सङ्गठनहरु सँग कुनै छलफल नै नगरी नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक,२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्न नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधयेक,२०८१ दर्ता भएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण,लोकतान्त्रिक कर्मचारी संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

संघका अध्यक्ष गणेश प्रसाद भुसालद्धारा हस्ताक्षरित पत्रमा विगतमा आएको यस्तै आशयको विधेयकको विषयलाई लिएर १५ दिनसम्म सशक्त आन्दोलन पश्चात् स्थगन भएको पनि स्मरण गराइएको छ ।‘नेपालको हवाई क्षेत्रको एकमात्र सक्षम सबल एवं समृद्ध संस्थालाई अन्य विकल्प हुँदाहुँदै सरोकारवाला, वौद्धिक वर्ग, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरु र पेशागत संघ सङ्गठनहरुलाई वेवास्ता गरी तथा कुनै अमूक संस्थाले दिएको प्रतिवेदनको सुझावलाई मात्र सैद्धान्तिक आधार लिई दर्ता गरिएको प्रस्तावित विधयेकमा स्वार्थ समूहको वर्चस्व हुने गरी उड्डयन क्षेत्रको सामान्य जानकारी समेत नभएको व्यक्तिले नेतृत्व गर्न सक्ने गरी ल्याइएको विधेयकले प्राधिकरणको समग्र हित भन्दापनि अझ धरासायी बनाउने उदेश्यले दर्ता गरिएको विधेयकहरुलाई तत्काल स्थगन गर्न लोकतान्त्रिक कर्मचारी संघको जोडदार माग गर्दछ ।

विगतमा आएको यस्तै आशयको विधेयकको विषयलाई लिएर १५ दिनसम्म संघको नेतृत्वमा सशक्त आन्दोलन पश्चात् स्थगन भएको पनि स्मरण गराउन चाहन्छौ,’ पत्रमा भनिएको छ समग्र कर्मचारी र संस्थाको हित विपरीत पेस भएको विधयेक अघि बढेमा कानूनले दिएको अधिकार प्रयोग गरी चरणबद्धरुपमा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने पनि संघले चेतावनी दिएको छ ।

आन्दोलनका कारण नेपाली आकाशको सम्पूर्ण हवाई सेवा ठप्प हुँदा पर्ने दूरगामी असरलाई नजरअन्दाज नगर्न पनि संघले चेतावनी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघ नेपाल यातायात मजदुर संघ र इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडरेसनको सदस्य भएकाले उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गरिनेपनि संघले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...