back

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर काम गर्न सके वास सेवामा फड्को मार्न सकिने बताएका छन् । सोमबार समावेशी, जलवायु लचिलो, र सुरक्षित रूपमा व्यवस्थित धुने सेवाहरूको लागि प्रतिबद्धताहरूमा राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले वास सेक्टरमा औपचारिक निर्णय गरेर त्यो निर्णय लागू गर्न सके वास सेवामा फड्को मार्न सकिने बताएका हुन् ।

उनले भने, ‘ देशमा तीन तहको सरकार छ । तीनै तहको सरकार मिलेर र समन्वय गरेर, एकतावद्ध गरेर सार्वजनिक रुपमा काम गर्यौं भने यो वास सेवामा हामीले फ्डको मार्न सक्छौं । जति पनि राजनीतिक दलहरु छन् हाम्रो नेपालमा सबैले केन्द्रिय समितिको निर्णय गरेर औपचारिक निर्णय गरेर त्यो निर्णय लागू गर्नलाई प्रदेश समितिमा पठाउने, प्रदेश समितिले निर्णय गरेर जिल्ला समितिमा पठाउने, जिल्ला समितिले निर्णय गरेर पालिका स्तरमा पठाउने, पालिका स्तर कमिटिले निर्णय गरेर मात्र वास सेक्टरमा हामीले क्रान्ति ल्याउन सक्छौं ।

जुन हामीले वास सेक्टरको लागि प्रतिवद्धता गरेका छौं त्यो पूरा हुन सक्छ ।’ साथै उनले सुरक्षित वास सेवाको प्रगतिको लागि आफू प्रतिवद्ध रहेको बताए । उनले जनताको चाहना अनुसार र नागरिकहरुले चााहे अनुसार वास सेक्टरमा केही परिवर्तन गरेर लानुपर्ने बताए । मन्त्री यादवले सबै नेपालीको घरमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्याउने अभियान सफल बनाउन ‘वास’ क्षेत्रमा अधिकतम लगानी बढाउन अपिल समेत गरे ।


गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:४१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

वि.सं.२०८१ चैत ५ मंगलवार १७:३५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयलाई सर्वोच्च अदालतको फैसला...

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

वि.सं.२०८१ चैत ५ मंगलवार १५:१०

काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ...

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८१ चैत ५ मंगलवार १४:४६

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका...

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

वि.सं.२०८१ चैत ५ मंगलवार १४:२८

काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप...

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

वि.सं.२०८१ चैत ५ मंगलवार ११:३७

काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी...