back

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक : मन्त्री शाही

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको सामना गर्न विकासोन्मुख देशहरुका लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक रहेको बताएका छन् । आइतबार नेपालमा पुनरुत्थानशील बागवानी मूल्य श्रृंखला सम्बन्धि कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै विकासोन्मुख देशहरुको लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक रहेको बताए ।

उनले भने,‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको कुरा हामी सबैलाई सर्वविदिततै छ । यसका लागि विश्वले जलवायु परिवर्तनको मुख्य कारकको रुपमा रहेको कार्बन उत्र्सजनलाई घटाउनुको साथै हामी जस्ता विकासोन्मुख देशहरुको लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक भएको छ ।’ मन्त्री ठकुरीले जलवायुमैत्री कृषी, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बृद्धि गर्न विभिन्न कदम चालिरहेको पनि बताए ।

उनले भने,‘जलवायुमैत्री कृषी, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बृद्धि गर्न विभिन्न कदम चालिरहेका छौं । सरकार निजी क्षेत्र र विकास साझेदारहरुको सहकार्यमा नवप्रदान्मक समाधानहरु अघि बढाउन सार्वजनिक नीजि पुँजी परिचालन गर्न अति आवश्यक छ।’ उनले नेपाललाई जलवायु परिवर्तनको प्रभावबाट जोगाउन प्रभावकारी उपायहरु मध्ये पुर्नउत्पादक बागवानी एक महत्वपुर्ण उपाय रहेको पनि बताए । उनले अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएकाले यसले दिगो र पुर्नउत्पादक कृषि अभ्यासहरुलाई अंगिकार गर्न अपरिहार्य रहेको कुरामा जोड दिए ।

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...