back

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी आजको बैठकमा गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसूर तथा सजाय (पहिलो संशोधन) विधेयक,२०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसका साथै बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक,२०८१ पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसका साथै विधायन विधेयक, २०८० सम्बन्धमा ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनको विभिन्न बुँदाहरु र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्ततु गरिने कार्यसुचि रहेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

वि.सं.२०८२ चैत ३० सोमवार १७:५८

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा भिडियो सन्देश...

बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह(तस्विरहरु)

बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह(तस्विरहरु)

वि.सं.२०८२ चैत ३० सोमवार १६:४५

प्रधानमन्त्री वालेन्द्र शाहले सात प्रदेशबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यमा...

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ चैत ३० सोमवार १५:४१

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा...

बिस्का जात्राको आज चौथो दिन

बिस्का जात्राको आज चौथो दिन

वि.सं.२०८२ चैत ३० सोमवार ११:०३

काठमाडौं । भक्तपुरमा लाग्ने बिस्का जात्राको आज चौथो दिन विविध...

पैतृक सम्पत्तिदेखि डिजिटल कमाइको चर्चा: प्रधानमन्त्रीको सम्पत्तिमा के-के देखियो?

पैतृक सम्पत्तिदेखि डिजिटल कमाइको चर्चा: प्रधानमन्त्रीको सम्पत्तिमा के-के देखियो?

वि.सं.२०८२ चैत २९ आइतवार २१:५९

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ...

भक्तपुरमा आठ दिन नौ रातसम्म मनाइने बिस्का जात्रा आजबाट सुरु

भक्तपुरमा आठ दिन नौ रातसम्म मनाइने बिस्का जात्रा आजबाट सुरु

वि.सं.२०८२ चैत २७ शुक्रवार १०:३५

काठमाडौं । भक्तपुरमा बिस्का जात्राको भव्य तयारीका साथ आज (शुक्रबार)बाट...