back

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी आजको बैठकमा गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसूर तथा सजाय (पहिलो संशोधन) विधेयक,२०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसका साथै बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक,२०८१ पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसका साथै विधायन विधेयक, २०८० सम्बन्धमा ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनको विभिन्न बुँदाहरु र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्ततु गरिने कार्यसुचि रहेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।


गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:४१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

वि.सं.२०८१ चैत ५ मंगलवार १७:३५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयलाई सर्वोच्च अदालतको फैसला...

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

वि.सं.२०८१ चैत ५ मंगलवार १५:१०

काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ...

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८१ चैत ५ मंगलवार १४:४६

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका...

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

वि.सं.२०८१ चैत ५ मंगलवार १४:२८

काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप...

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

वि.सं.२०८१ चैत ५ मंगलवार ११:३७

काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी...