back

एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पद : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै पूर्व प्रधानमंत्री प्रचण्डले सो अध्यादेशमा भएको व्यवस्थाप्रति गैरआवासीय नेपालीहरूले असन्तुष्टि जनाइरहेको जनाए ।

‘हामी सबैको सहमतिमा नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान हामीले राख्यौं । म प्रधानमन्त्री हुँदा मेरै हातले एनआरएनएका तत्कालीन अध्यक्ष कुल आचार्यलाई पहिलो गैर आवासीय नेपाली नागरिकता प्रदान गरेँ’, प्रचण्डले भने, ‘त्यसयता झन्डै चार हजार जना एनआरएनहरुले गैरआवासीय नेपाली नागरिकता लिइसक्नु भएको छ ।तर सरकारले मातहतका निकायलाई एउटा सर्कुलरसम्म नगर्दा त्यसको कार्यान्वयन हुन सकेको छैन ।

यो कागजको खोस्टो सरह भयो भनेर उहाँहरूले गुनासो गरिरहनु भएको छ । अहिले आएर एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद छ ।’ संविधानले नै राजनीतिकबाहेकका सबै अधिकार नेपाली नागरिक सरह पाउने कुरा सुनिश्चित गरिसकेपछि फेरि भिसाको प्रावधान संविधानको मर्म र भावना विपरीत पनि भएको उनले बताए ।

‘यसले एनआरएन लगानीलाई मात्र दुरुत्साहन गर्दैन, दोस्रो तथा तेस्रो पुस्ताका एनआरएनलाई नेपालसँग जोड्ने पहलमा पनि आघात पुग्छ । त्यसैले संविधानले एनआरएनहरुलाई दिएको अधिकारमा दायाँबायाँ नहुने गरी तत्काल कार्यान्वयनमा ल्याउन म सरकारलाई खबरदारी गर्दछु’, प्रचण्डले भने ।

 


गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:४१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

वि.सं.२०८१ चैत ५ मंगलवार १७:३५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयलाई सर्वोच्च अदालतको फैसला...

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

वि.सं.२०८१ चैत ५ मंगलवार १५:१०

काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ...

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८१ चैत ५ मंगलवार १४:४६

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका...

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

वि.सं.२०८१ चैत ५ मंगलवार १४:२८

काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप...

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

वि.सं.२०८१ चैत ५ मंगलवार ११:३७

काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी...