back

पद्मकन्या बहुमुखी क्याम्पसमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले पद्मकन्या बहुमुखी क्याम्पसमा जडान गरेको पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाली बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’ प्रविधि सञ्चालनमा आएको छ ।

दुई महिना अगाडि महानगरपालिकाले पद्मकन्या बहुमुखी क्याम्पससहित विभिन्न ३६ स्थानमा स्थापना गरेको थियो । पद्मकन्या कलेजमा भने आज देखि सञ्चालनमा ल्याईको काठमाडौं महानगरपालिका जनसङख्या अध्ययन विभागीय प्रमुख भगवती सेडाईले जानकारी दिएकी हुन् ।
उनले भनिन्, ‘जडान हामीले २ महिना अगाडि नै गरेका थियौं । आजदेखि सञ्चालन गर्दै छौं ।’

त्यस्तै, उनले सडक सुरक्षाका विभिन्न मापदण्डहरु रहेकोमा सडक प्रयोगकर्ता मध्य पहिलो र ठूलो अधिकार पैदल यात्रीलाई हुने बताईन् । सडक दुर्घटनाबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उक्त ‘पेलिकन क्रसिङ’ सञ्चालनमा ल्याइएको उनको भनाई छ ।

उनले भनिन्, ‘सडक सुरक्षाका विभिन्न मापदण्डहरु छन् र सडक प्रयोगकर्ता मध्य पहिलो र ठूलो अधिकार पैदल यात्रीलाई हुने गर्छ । त्यसैलाई मध्यनजर गर्दै यो राखेका हौं । यसको उद्देश्य भनेको सडक दुर्घटनाबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने हो ।’

त्यस्तै पद्मकन्याकी छात्रा सन्ध्या बस्यालले ‘पेलिकन क्रसिङ’ प्रविधि जडानसँगै कलेज अगाडि हुने दुर्घट्नाको जोखिम न्यूनिकरण भएको भन्दै धन्यवाद दिईन् ।

उनले भनिन्, ‘पेलिकन क्रसिङ’ प्रविधि जडान गरिदिनुभएको छ यो एकदमै उदाहरणीय छ । कलेज अगाडि जहिले पनि एकदमै दुर्घट्ना हुने सम्भावना हुन्थ्यो । ठ्याक्क सहि समयमा सहि ठाउँमा यो जडान गर्दिनु भएको छ । त्यसको लागि धन्यवाद दिन चाहन्छु । यसको सिस्टम फरक छ । तर यो हाम्रो सुरक्षाको लागि नै भएकाले विस्तारै सिक्नुपर्छ ।’

 

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...