back

विदेश पढ्न जानु राम्रो हो, बुझेर मात्र जानुहोला: राजेश हमाल

काठमाडौँ । अभिनेता राजेश हमालले उमेर छँदै सीप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिएका छन् ।गोरेटो कन्सल्टेन्सी पोखरा शाखाको उद्घाटन गर्दै हमालले उमेर छँदै व्यक्तिले आफ्नो सीप र दक्षता हासिल गर्नुपर्नेमा जोड दिएका हुन् ।

पोखराका केही युवा बर्ग माझ आफ्नो भनाई राख्दै उनले समय परिवर्तनशिल भएकाले समयमै हरेक व्यक्तिले आफू भोलि कस्तो बन्ने भन्ने बिषयमा निर्णय लिदै स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न सकिने बताए ।

परिवारको साथ भएको अबस्थामा आफुले चाहेको देशमा समेत जान सकिने राय व्यक्त गर्दै अभिनेता हमालले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न विदेशबाट समेत नेपाल आउने गरेको दाबी समेत गरेका थिए ।

उच्च शिक्षा हासिल गरी प्राप्त ज्ञान र सीपलाई भविश्यमा समाज परिवर्तनको लागि र आफ्नो घर परिवारको उज्वल भविश्यको लागि लाग्नुपर्ने भनाई राखे ।परिवारको सदस्य र आफ्नो स्वइच्छाले विदेश जान चाहेमा राम्रोसंग बुझेर आधिकारीक संस्थाबाट मात्र जानको लागि महानायक हमालको सुझाव थियो ।

गोरेटोका ब्राण्डएम्बासडर समेत रहेका उनले कस्तो सीप हासिल गर्ने हरेक व्यक्तिले आफ्नो बुद्धि विवेक अनुसार आफैंले समयमै निर्णय लिनुपर्ने उल्लेख गरे ।काठमाडौं नयाँ बानेश्वरमा केन्द्रिय कार्यालय रहेको गोरेटोको शाखा पोखरामा पनि संचालन गरिएको प्रबन्ध निर्देशक धिरज कँडेलले जानकारी दिए । पोखराको चिप्लेढुंगा (महेन्द्रपुल)मा रहेको उक्त शाखाबाट क्यानडा, वेलायतसहितका देशमा उच्च शिक्षा हासिल गर्न सहजीकरण गर्ने निर्देशक कँडेलले बताए ।

गोरेटोले हालैमात्र अध्ययनका लागि यूके जाने विद्यार्थीहरूलाई समेत सेवा थालनी गरेको हो । क्यानडा जाने बिद्यार्थीहरुको पहिलो रोजाई बनेको गोरेटोले देशभरका विभिन्न स्थानमा शाखा खोल्दै आफ्नो लोकप्रियता बढाइरहेका बेला अध्ययनका लागि बिदार्थीहरुलाई वेलायत पठाउन सुरु गर्दै सेवा विस्तार गरेको हो ।

विश्वव्यापी मान्यता, आधुनिक समय अनुसारको कोर्सहरूको उपलब्धता, पढाई पश्चात् पाइने पोस्ट स्टडी वर्क पर्मिट, छिटो छरितो सरल कागजी प्रक्रिया र अन्य मुलुकको तुलनामा यूके अन्तर्राष्ट्रिय विद्यार्थीप्रति उदार भएकाले युके पछिल्लो समय आकर्षणको केन्द्रबिन्दु रहेको कुरा गोरेटो कन्सल्टेन्सीका निर्देशक कँडेलले बताए ।

nactional life
Corporatebazar 11 Anniversary

एकल महिलाले दोस्रो विवाह गरे पनि अंश फिर्ता गर्नु नपर्ने, सर्वोच्चद्वारा विवादास्पद कानुनी व्यवस्था खारेज

एकल महिलाले दोस्रो विवाह गरे पनि अंश फिर्ता गर्नु नपर्ने, सर्वोच्चद्वारा विवादास्पद कानुनी व्यवस्था खारेज

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:१९

काठमाडौं । एकल महिला (विधवा) ले अर्को विवाह गरेमा पूर्वपतिबाट...

गोल्छा प्रकरण: कानुनी प्रक्रिया मिचेर थुनेको सर्वोच्चको ठहर, बीमा कसुरमा पुनः पक्राउ पर्ने सम्भावन

गोल्छा प्रकरण: कानुनी प्रक्रिया मिचेर थुनेको सर्वोच्चको ठहर, बीमा कसुरमा पुनः पक्राउ पर्ने सम्भावन

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:०९

काठमाडौं । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर...

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रभावकारिता बढाउन कार्यक्षेत्र स्पष्ट पारिने : समिक्षा बास्कोटा

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रभावकारिता बढाउन कार्यक्षेत्र स्पष्ट पारिने : समिक्षा बास्कोटा

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:०६

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिकी सदस्य...

न्यायको लागि कतिन्जेल सडकमा लड्ने ? : रचना खतिवडा

न्यायको लागि कतिन्जेल सडकमा लड्ने ? : रचना खतिवडा

वि.सं.२०८३ वैशाख २१ सोमवार १७:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले...

मन्त्रिपरिषद् निर्णय: संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस, विश्व बैंकको साढे ७ अर्ब सहयोग स्वीकार

मन्त्रिपरिषद् निर्णय: संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस, विश्व बैंकको साढे ७ अर्ब सहयोग स्वीकार

वि.सं.२०८३ वैशाख २१ सोमवार १३:१५

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका...

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई...