back
Naima

संसद अधिवेशन पर्खने समय थिएन्, त्यसैले अध्यादेश ल्याइयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकातिर प्रक्रिया र अर्कोतिर नतिजा सुधारको हुटहुटीले बनेको सरकार भएका कारण संसदको अधिवेशन पर्खने समय आफूहरुसँग नभएर अध्यादेश ल्याएको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले अध्यादेशबारे धेरै प्रश्न उठिरहेको भन्दै संसदको नियमित प्रक्रियाबाट राष्ट्रिय अपेक्षा प्राप्तीमा ढिला हुने अवस्था देखिएको भन्दै यस्तै बेलामा नै सरकारले अध्यादेश ल्याउने स्पष्टिकरण दिए ।

उनले भने,‘जनताले कहाँ कहाँ, कुन कुन कानुनको अल्झनले दुःख पाइरहेका छन् । ती अल्झन र गाँठाहरु तत्काल फुकाउन कानुनी सुधार नै पहिलो पाइला थियो । नियमित प्रकृयाबाट कानुन पारित गरी लागू गर्न न्यूनतम ५–६ महिना लाग्ने सबैलाई थाहा छ । एकातिर प्रकृया र र अर्कोतिर नतिजा सुधारको जुन हुटहुटीले संसदको दुई ठूला दलहरुको नेतृत्वमा सरकार निर्माण भयो ।

त्यसले संसदको अधिवेशन आउँदै छ, पर्खनुहोस् भन्ने समय हामीसँग थिएन् । संसद नभएको बेला संसदको नियमित प्रकृयाबाट राष्ट्रिय अपेक्षा प्राप्तिमा ढिला हुने अवस्था छ यस्तै बेलामा त हो सरकारले अध्यादेश जारी गर्ने ।’त्यस्तै उनले सबैले एउटा राजनीतिक लाभहानीको लेखाजोखा गरी संसदलाई प्रकृयाको बन्दी बनाँदा जनताको दैनिक समस्या ओझेलमा पर्ने बताए ।

एउटै गन्तव्यकालागि जनताले छानेर यहाँ पुर्याएको भन्दै उनले संसदमा पो पक्ष वा विपक्ष त देश विकासमा सुशासनमा पक्ष विपक्ष हुन्छ ? भन्दै प्रश्न गरे ।उनले भने,‘हामी सबैले एउटा राजनीतिक लाभहानीको लेखाजोखा गरी संसदलाई प्रकृयाको बन्दी बनाईन्छ र जनताको दैनिक समस्या ओझेलमा पर्छन् ।

संसद छलेर किन अध्यादेश ल्याएको भनेर सोध्नेहरुलाई सबै कुरा थाहा छ । अध्यादेश ल्याउने भनेको नै संसद नचलेको बेलामा नै हो । संविधानले नै त्यही व्यवस्था गरेको छ होईन् र ?हामी संसदमा पो पक्ष विपक्ष हो त । देश विकासमा सुशासनमा पक्ष विपक्ष हुन्छ ? एउटै गन्तव्यकालागि जनताले छलेर हामीलाई यहाँ पुर्याएका छन् ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...