back

रौतहटमा राजस्व सङ्कलन वृद्धि

रौतहट । गौर भन्सार कार्यालयले पुस महिनामा लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो ६ महिनाको अवधिमा ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको हो । पुस महिनामा रु तीन करोड ४७ लाख १४ हजार राजस्व सङ्कलन भएको र यो लक्ष्यभन्दा १७ प्रतिशत बढी रहेको गौर भन्सार कार्यालयले जानकारी दिएको छ ।

चालु आर्थिक बर्षको साउनदेखि पुससम्म कुल रु १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले बताए ।यो भन्सार विभागले दिएको राजस्व लक्ष्यको ८५ प्रतिशत भएको उनले उल्लेख गरे ।

विभागले यस आर्थिक वर्षको लागि गौर भन्सारलाई कुल रु ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको उनले बताए ।भन्सार कार्यालयले अवैध किसिमले हुने चोरीपैठारी रोक्न र यस्ता कार्यमा सग्लनलाई कानुनी दायरामा ल्याउन थालेपछि राजस्व सङ्कलनमा वृद्धि भएको उनले जानकारी दिए ।

यस वर्षको राजस्व लक्ष्य पूरा गर्न कार्यालय अझै थप प्रभावकारी तरिकाले अघि बढने कार्यालयका निमित्त प्रमुख सिंहले बताए ।चालु आर्थिक बर्षको साउन देखि पुससम्म रु दुई करोड ४२ लाख ७७ हजार चार सय ४३ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

यस अवधिमा अवैध सामान ओसारपसारमा संलग्न ६६ जनालाई पक्राउ गर्नुका साथै १०८ वटा मोटरसाइकल, दुई थान पिकअप भ्यान, दुई थान स्कारपियो गाडी, १४ वटा साइकल, र चारवटा सिटीरिक्सा समेत बरामद गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३६

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३१

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:१५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई...

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको...

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:४८

सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय...