“राष्ट्रिय मुक्ति पार्टी नेपाल” नामक राजनीतिक दल दर्ता, चुनाव चिन्ह ग्याँस सिलिण्डर
वि.सं.२०८१ माघ ८ मंगलवार
काठमाडौं । निर्वाचन आयोगद्वारा “राष्ट्रिय मुक्ति पार्टी नेपाल” नामक राजनीतिक दल दर्ता भएको छ।
आज निर्वाचन आयोगले पार्टीलाई प्रमाणपत्र प्रदान गरेको छ। चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरेको हो ।
दलके दर्ता नं. २०१ छ। स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न अध्यक्ष राजेन्द्र महतोले अपील गरेका छन्।
प्रकाशित समय : १७:२२ बजे






















