back
himalayan life

आजदेखि शुरू भयो बडादशैँ : आज घटस्थापना, घर-घरमा जमरा राखिँदै

काठमाडौं । आजदेखि नेपालीहरुको महान चाड वडा दशैं सुरु भएको छ । वडा दशैँको पहिलो दिन आज विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु हुने गर्छ । घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

आजदेखि नौ दिनसम्म देवीको आरधना गरी १०औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ। घटस्थापनाको शुभ साइत आज विहान ९ बजेर १६ मिनेटका लागि तय गरिएको छ।

आजैदेखि नवरात्र सुरु हुन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

केही व्यक्तिले सामूहिक र देवी मन्दिरमा पनि घटस्थापना गर्ने गर्दछन्। आजदेखि नौ दिनसम्म महाकाली, महालक्ष्मी र महासरस्वती माताको विशेष आरधना गर्ने गरिन्छ।

आजदेखि उपत्यका र देशभरका देवी मन्दिर एवम् शक्तिपीठहरुमा दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ। काठमाडौंको गुहेश्वरी, दक्षिणकाली र उपत्यका भित्रका देवी मन्दिरमा दर्शनार्थी परिक्रमा दर्शन गर्ने गर्दछन्।

यस दिन गोरखा दरबार, नुवाकोट दरबार र हनुमानढोका दरबारजस्ता शाहकालिन दरबारहरुमा पनि विधीपूर्वक जमरा राख्ने चलन छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०४

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका वा उसका साझेदारहरूले बदनियतपूर्वक काम...

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२...

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५७

काठमाडौं । फिफा विश्वकप २०२६को सह–आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक...

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४०

रामेछाप। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि...

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

वि.सं.२०८३ असार ४ बिहीवार १८:१३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत गृह...