back
himalayan life

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन, कुन क्षेत्रमो के खटिए ?

काठमाडौं । गृह मन्त्रालयले वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक आज बिहानदेखि कार्यक्षेत्रमा खटिएका छन् ।

गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सहसचिव आज खटिएको जानकारी दिए । बाढीपहिरो प्रभावित काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्लामा खटाइएको हो ।

गृह मन्त्रालयका अनुसार गोविन्दप्रसाद रिजाल (काठमाडौँ), प्रकाश पौडेल )ललितपुर), नारायणप्रसाद अर्याल (भक्तपुर), वासुदेव घिमिरे (काभ्रेपालञ्चोक), लालबाबु कवारी (सिन्धुली), रामबन्धु सुवेदी (मकवानपुर), श्याम कृष्ण थापा (सिन्धुपाल्चोक) र रमेश ढकाल (धादिङ)मा खटाइएको छ ।

कार्यदललाई वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट प्रभावितको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, अति भारी वर्षका कारण आएको बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यदेश दिइएजनाइएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इञ्जिनीयर र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् । कार्यदललाई यही असोज २१ गतेसम्म गृहमन्त्रालयमा प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ ।

साथै कार्यदलले दैनिक रुपमा पनि प्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितिका बारेमा केन्द्रमा जानकारी समेत गराउने छ । त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि दशजना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ । प्राधिकरणका सहसचिव वसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी आज नै प्रभावित पालिकामा खटाइएको जानकारी दिए ।

‘हामीले दश जना अधिकतलाई बाढीपहिरो र डुबान प्रभावित जिल्लामा खटाएका छौँ ।’ उनले भने, ‘उहाँहरुले प्रभावित पालिकासित समन्वय र सम्पर्क गरेर नगद र वस्तु राहत वितरणमा सहजीकरण र फिल्डको अवस्थाका बारेमा केन्द्रमा जानकारी गराउने लगायतका काम गर्नुहुनेछ ।’

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०४

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका वा उसका साझेदारहरूले बदनियतपूर्वक काम...

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२...

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५७

काठमाडौं । फिफा विश्वकप २०२६को सह–आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक...

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४०

रामेछाप। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि...

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

वि.सं.२०८३ असार ४ बिहीवार १८:१३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत गृह...