back

कोभिड–१९ लाई सामना गर्ने बजेट ल्याउछौंःअर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन् । अर्थ मन्त्रालयमा पदबहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पकासाथ बजेट ल्याउने बताएका हुन्।

उनले कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड-१९ विरुद्धको लडाईँलाई थप सघन र प्रभावकारी बनाउने बताए । अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका छन् ।

पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरु लगायतले स्वागत गरेका थिए ।

२०७८ वैशाख ३१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

वि.सं.२०८२ चैत ३० सोमवार १७:५८

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा भिडियो सन्देश...

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

वि.सं.२०८२ चैत ३० सोमवार १७:२०

नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइको प्रत्यक्ष असर सीमावर्ती...

बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह(तस्विरहरु)

बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह(तस्विरहरु)

वि.सं.२०८२ चैत ३० सोमवार १६:४५

प्रधानमन्त्री वालेन्द्र शाहले सात प्रदेशबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यमा...

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ चैत ३० सोमवार १५:४१

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा...

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत: आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत: आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि

वि.सं.२०८२ चैत ३० सोमवार १५:३२

काठमाडौं । पछिल्लो समय सुस्त देखिएको नेपालको घरजग्गा बजारमा विस्तारै...

बिस्का जात्राको आज चौथो दिन

बिस्का जात्राको आज चौथो दिन

वि.सं.२०८२ चैत ३० सोमवार ११:०३

काठमाडौं । भक्तपुरमा लाग्ने बिस्का जात्राको आज चौथो दिन विविध...