back
himalayan life

अस्ट्रेलियामा आयोजित बहुसांस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी

अस्ट्रेलिया। अस्ट्रेलियाको तास्मानिया स्थित होवार्ट सहरमा आयोजित बहुसंस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी भएको छ । उक्त प्रतियोगितामा भुटान, नाइजेरिया, नेपाल र भियतनामलाई प्रतिनिधित्व गर्दै ६ टिम सहभागी भएका थिए ।

जसमा टाकीन, भुटनिज कम्युनिटी एशोशियसन अफ साउथर्न तास्मानिया(बीकास्ट) र अस्ट्रेलियन भुटनिज सोसाइटी अफ साउथर्न तास्मानिया(एबीएसएनटी) गरी तीन टिमले भुटानको प्रतिनिधित्व गरेका थिए । त्यस्तै नाइजेरियन टिम ‘इमोले’, नेपाली टिम नेपलिज फुटबल क्लब अफ तास्मानिया(एनएफसीटी) र भियतनाको प्रतिनिधित्व गर्दै गोल्डेन ड्रयागन एफसी प्रतियोगितामा सहभागी थिए ।

सहभागी टिम मध्यबाट नेपाललाई प्रतिनिधित्व गरेको टिम एनएफसीटीले प्रतियोगितामा विजयी भएको एनएफसीटी क्लबका सचिब सुवास खतिवडाले जानकारी दिएका छन् । उनका अुनसार ६ टिम सहभागी भएको खेल दुई समुहमा विभाजन गरी खेलाइएको थियो । जसमा ग्रुप ‘ए’ बाट ग्रुप विजेताको रुपमा नेपाली टिम एनएफसीटी र ग्रुप ‘बी’ बाट भुटानी टिम ‘बीकास्ट’ फाइनल खेलमा भएको थियो ।

उक्त फाइनल खेलमा १–० को अन्तरले नेपाली टिम विजयी भएको कल्बका सचिव खतिवडाले जानकारी दिए । उनका अनुसार विजयी नेपाली टिम एनएफसीटी ले २५ सय अस्ट्रेलियन डलरका साथै ट्रफि हात पारेको छ । भने, दोस्रो हुने भुटानी टिम ‘बीकास्ट’ ले एक हजार अस्ट्रेलियन डलरका साथै ट्रफि हात पारेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...