back

विदेशमा नेपालीको जनगणनाको नतिजामा धेरैको आशङ्का

काठमाडौं । गत एक दशकमा विदेशमा रहेका नेपालीको सङ्ख्या झन्डै साढे दुई लाखले मात्र बढेको र उनीहरूको सङ्ख्या २२ लाख मात्र देखिनुलाई जानकार तथा विज्ञहरूले सन्देहपूर्वक हेरिरहँदा अधिकारीहरूले भने विवरणमा ‘केही त्रुटि भएकै भए पनि त्यो नै यथार्थनजिक’ भएको प्रतिक्रिया दिएका छन्।

विज्ञहरूले नेपाल सरकारकै र अन्य स्रोतबाट विगतमा प्रस्तुत गरिएका विवरणसँग मेल नखाने गरी जनसङ्ख्या प्रतिवेदनमा विदेशमा रहेका नेपालीहरूको विवरण देखिएको भन्दै गणकहरूको बुझाइमा नै समेत समस्या देखिएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।

अहिले राष्ट्रिय तथ्याङ्क कार्यालयका एकजना अधिकारीले समेत आफूहरूले तथ्याङ्क सङ्कलनमा अपनाएको शैलीको ‘केही सीमितता भएको’ स्वीकारेका छन्।

“परिवार नै पूरै विदेशमा बस्ने नेपालीहरूलाई जनगणनाको समयमा हामीले सम्पर्क गर्न सकेनौँ,” कार्यालयका उपप्रमुख हेमराज रेग्मी बताउछन्।

रेग्मिले भने हामीले “नेपालको क्षेत्रभित्र मात्र गरिएको जनगणना भएकाले परिवारको कम्तीमा एकजना सदस्य नेपालमा रहेकाको हकमा मात्र त्यस्तो विवरण लिएका हौँ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताले वास्तविकतामा ‘२०/३० प्रतिशत त्रुटि’ भएको हुनसक्ने ठान्छन्।

प्रवक्ता डन्डुराज घिमिरेका अनुसार “भारतमा धेरै मौसमी रोजगारीमा जान्छन्, कोरोनाकालमा धेरैजना स्वदेश फर्किएको समय थियो। निश्चित समयपछि फर्कनेहरू समेत उत्तिकै रहेको जनगणनाले देखाएको छ।”

 


सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

वि.सं.२०८१ जेठ ५ शनिवार १०:३२

सुनसरी। सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४२

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

वल्डलिङ्कको आठ वटैै रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

वल्डलिङ्कको आठ वटैै रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

वि.सं.२०८१ वैशाख ३० आइतवार २१:३७

काठमाडौँ  । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ...

कृषकलाई बैंकले १५ वर्षका लागि सहुलियतपूर्ण ऋण दिनुपर्छ : कृषि मन्त्री साह

कृषकलाई बैंकले १५ वर्षका लागि सहुलियतपूर्ण ऋण दिनुपर्छ : कृषि मन्त्री साह

वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:०९

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहले...

म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ अब आगामी बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री दाहाल

म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ अब आगामी बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८१ वैशाख २६ बुधवार १२:३३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति...

सर्वोच्चद्वारा विज्ञापन नियमावली खारेज गर्न अस्वीकार

सर्वोच्चद्वारा विज्ञापन नियमावली खारेज गर्न अस्वीकार

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०९:४४

काठमाडौं । सर्वोच्च अदालतले विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली,...