back

वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दै (तथ्यांक सहित)

काठमाडौं। नेपालबाट रोजगारीका लागि विदेश जाने नेपालीको संख्या हरेक वर्षजस्तो बढीरहेको छ। कोरोनाको समयमा बाहेक अन्य समयमा नेपालबाट विदेश जाने नेपालीको संख्यामा वृद्धि भइरहेको छ ।

नेपालबाट महिलालाई वैदेशिक रोजगारीमा जानका लागि कडाइ गरेको छ । तर पनि कामको खोजिमा विदेश जाने नेपाली चेलिहरुको संख्या हरेक वर्ष जस्तो बढ्दै गएको देखिएको छ ।

केही समय अघि सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालबाट विदेशमा रोजगारीका लागि जाने नेपालीको संख्या २१ लाख ९० हजार ५९२ रहेको छ ।

यी मध्ये करिब ४ लाख महिलाहरु विदेशमा रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार ३ लाख ९० हजार ९१७ जना महिलाहरु विदेशमा रोजगारीका लागि गएका छन् ।

नेपालबाट विदेशमा रोजगारीका लागि जाने महिलाहरु पहाडी क्षेत्रका रहेका छन् ।

पहाडी क्षेत्रबा २ लाख ३ हजार महिला विदेश गएका छन् । तराइबाट १ लाख ५३ हजार ६६७ र हिमाली क्षेत्रबाट ३४ हजार २४९ जना विदेश गएको तथ्यांक छ ।

नेपालबाट सरकारले सन् १९८५ मा वैदेशिक रोजगार ऐन ल्याएर वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने काम भएको थियो । विदेश जाने ऐन ल्याएको भए पनि महिलाहरुलाई भने विदेश जानका लागि कडाइ गरिएको थियो ।

हाल नेपाल सरकारले १११ देशमा श्रम स्वीकृति खुला गरेको छ । तर १७० भन्दा बढी देशमा नेपालीहरु रोजगारीको खोजिमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

विभागको तथ्यांक अनुसार पछिल्लो ७ आर्थिक वर्षको अवधिमा नेपालबाट २ लाख १९ हजार ५५८ जना महिला रोजगारीको लागि विदेश गएका छन् ।

आर्थिक वर्ष २०७२/०७३ देखि आर्थिक वर्ष २०७८/७९ सम्ममा नेपालबाट उक्त संख्यामा नेपाली महिलाहरु कामको खोजिमा विदेश गएको विभागको तथ्यांक छ ।

२०७२/०७३ मा नेपालबाट ३१ हजार ९३४ जना महिला विदेश गएका थिए । त्यस्तै आव २०७३/०७४ मा ३३ हजार ५२० जना, आव २०७४/०७५ मा ३२ हजार ९६४ जना, आव २०७५/७६ मा ३२ हजार १२३, आव २०७६/७७ मा २८ हजार ४३३, आव २०७७/७८ मा ११ हजार ४५६ र आव २०७८/७९ मा ४९ हजार १२८ महिला बिदेसिएका छन् ।

त्यस्तै चालु आर्थिक वर्षको फागुन महिनासम्म नेपालबाट ४८ हजार ३५४ जना रोजगारीका लागि विदेश गएका छन् ।

नेपालबाट युएई, कुवेत, मलेसिया, साइप्रस, क्रोएसिया, बहराइन, रोमानिया, जोर्डन लगायत देशमा नेपाली महिलाहरु रोजगारीका लागि जाने गरेका छन् ।

सरकारले सन् १९८५ मा वैदेशिक रोजगार ऐन ल्याएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई व्यवस्थित कानुनको दायरामा ल्याएको थियो । तर, महिलालाई भने सहज तरिकाले रोजगारीमा जान सक्ने व्यवस्था गरेको थिएन ।

सरकारले महिला श्रमिक वैदेशिक रोजगारीमा जान पुरुष अभिभावकको स्वीकृति पहिलो सर्त बनाएको थियो । सन् १९९८ सम्म यो सर्तको अनिवार्य भएको थियो ।

सन् १९९८ मा कुवेतमा घरेलु हिंसामा परेकी महिलाले आत्महत्या गरेपछि सरकारले महिलालाई खाडी मुलुक जान प्रतिबन्ध लगायो ।

तर, महिला श्रमिकको हकहितका काम गर्दै संघसंस्थाको चर्को विरोधपछि सरकारले सन् २००३ मा प्रतिबन्ध खुलायो । तर, सरकारले घरायसी काममा भने जान नपाउने व्यवस्था गरेको छ ।

 


जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न: एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न: एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:२०

काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...

भारतबाट साढे १५ अर्ब डलरको स्मार्टफोन विश्वबजार निर्यात,एप्पलको भारतमा कीर्तिमानी कमाइ

भारतबाट साढे १५ अर्ब डलरको स्मार्टफोन विश्वबजार निर्यात,एप्पलको भारतमा कीर्तिमानी कमाइ

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:१५

काठमाडौं । विश्वबजारमा भारतमा बनेका स्मार्टफोनको माग बढिरहेको छ ।...

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री दाहाल

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री दाहाल

वि.सं.२०८१ जेठ ९ बुधवार १३:५५

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई...

प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:२०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक...

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

वि.सं.२०८१ जेठ ५ शनिवार १०:३२

सुनसरी। सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४२

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...