राष्ट्रिय कर्मचारी संगठनको बागमति प्रदेश अध्यक्षमा ढुंगाना निर्वाचित
वि.सं.२०७९ चैत ८ बुधवार
काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् ।
बागमती प्रदेश समितिको दोश्रो अधिवेशनले पूर्वाधार विकाश कार्यालय, काभ्रेका लेखा अधिकृत ढुंगानाको अध्यक्षतामा नयाँकार्यसमिति निर्वाचित गरेको हो ।
सचिवमा सिताराम फुयाल, सहसचिवमा छितेन भोटे, कोषाध्यक्षमा सन्तोष ढकाल र सह कोषाध्यक्षमा सरिता ओली निर्वाचित भएकाछन् । कार्यसमितिको उपाध्यक्षहरुमा राजु अर्याल, कुण्डल बिक्रम बुढाथोकी, जयराम कार्की र सुस्मिता सापकोटा रहेको कार्यसमितिसदस्य इश्वर केसीले जानकारी गराएका छन् ।
कार्यसमितिमा २१ सदस्यीय रहेको छ । बन्द सत्रमा बागमती प्रदेशका १३ जिल्लाबाट आएका ६७ जना प्रतिनिधि सहभागी रहेका थिए ।नवनिर्वाचित अध्यक्ष श्रवण ढुंगानाले अधिवेशनको म्यान्डेट अनुसार पेशागत हकहित र ट्रेड युनियन अधिकारको पक्षमा लागिरहनेप्रतिवद्धता प्रकट गरेका छन् । त्यतिमात्र नभएर सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको उनले बताएका छन् ।
काठमाडौंमा सम्पन्न अधिवेशनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घघाटन गरेका थिए । उद्घघाटनक्रममा सम्बोधन गर्दै मन्त्री मोदीले ब्युरोक्रेसीमा कायम रहेको वर्ग विभेद आफूले अन्त्य गर्ने उद्धोष गरेका थिए ।
पियन र ड्राइभर जस्ता श्रेणी बिहिन कर्मचारीहरुले दिनरात सेवा गरेपनि सेवाको सहि मूल्यांकन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनलेउक्त उद्घोष गरेका हुन् ।
आफू सामन्तवाद बिरुद्ध लडेर आएको भन्दै कर्मचारीतन्त्रको सामन्तवाद आफूलाई स्वीकार्य नभएको मन्त्री मोदीले बताएका छन् ।
कर्मचारीतन्त्रमा केही सीमित कर्मचारीको हालीमुहाली रहेको खुलासा गर्दै मन्त्री मोदीले तीनै कर्मचारीले बहुसंख्यक कर्मचारी माथिअन्याय गरिरहेको बताए । आफ्नो कार्यकालमा सरुवा बढुवाको बैज्ञानिक प्रणाली बनाइने र सबैमाथि न्याय गरिने उनको दाबी छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) मा आबद्ध कर्मचारी पार्टीको बैचारिक सेना समेत भएको भन्दै अध्यक्ष पौडेलले पार्टीलेल्याएको बिचार र एजेन्डा लागू गर्दै परिवर्तनको मर्म अनुरुप जनतालाई सेवा गरी सन्तुष्ट पार्नुपर्नेमा जोड दिए ।
उनले जनताले लडेर ल्याएको व्यवस्था बलियो बनाउन आफुहरु सक्रियताकासाथ लागी पर्ने बताएका छन् ।
प्रकाशित समय : १४:३९ बजे




















