back
skip this Samagra

खाली पेट चना–मुँग खानुका फाइदा : तनाव, तौल, एसिडिटी कम गर्न, प्रतिरोधी क्षमता बढाउन, गर्भवतीका लागि उत्कृष्ट

काठमाडौं । बिहान खाली पेटमा अंकुरित चना खाँदा शरीर बलियो हुन्छ र रोग टाढै बस्छन् । अंकुरित चना खाँदा शरीरमा प्रोटिनको मात्रा कायम रहन्छ । यसलाई सलादमा मिसाएर पनि खान सकिन्छ । यसमा प्रोटिन, भिटामिन र फाइबर प्रचुर मात्रामा पाइन्छ, जसले तनाव कम गर्छ । भारतकी डाइटिशियन सिमरन सैनीले चना र मुँग खानुका फाइदाबारे जानकारी दिएकी छिन् ः

अंकुरित चना खाँदा स्वस्थ हुनुहुनेछ।

– चनामा आइरन र फस्फोरस हुन्छ, जसले हेमोग्लोबिनको स्तर बढाउँछ । यसलाई हरेक दिन खाँदा रक्तअल्पता र कमजोरी हट्छ ।

– आलस्य र थकानबाट बच्नको लागि दैनिक अंकुरित चना खानुहोस् र सधैं उर्जावान रहनुहोस् । चना खान थालेको केही दिन भित्रै तपाईंले आफूलाई फुर्तिलो महसुस गर्नुहुनेछ ।

– फाइबरले भरिपूर्ण भिजाएको चना खाँदा कब्जियतको समस्या हटेर जान्छ ।

– बारम्बार पिसाब लाग्ने समस्या छ भने चना खाँदा आराम मिल्छ ।

– खाली पेटमा चना खाँदा ग्लुकोजको मात्रा बढ्दैन, जसका कारण मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

– मानसिक तनावबाट गुज्रिरहेका मानिसहरूका लागि चना औषधिभन्दा कम हुँदैन ।

– जन्डिसका बिरामीका लागि चना फाइदाजनक हुन्छ ।

– मुँगमा अंकुरित चना मिसाएर खाँदा प्रोटिनको मात्रा बढ्छ ।

तौल घटाउन सहयोगी

डाइटिसियन सिम्रनका अनुसार चनामा प्रोटिन र फाइबर भएकाले यसमा क्यालोरी कम हुन्छ, जसले भोकलाई सन्तुलनमा राख्छ । यो कम क्यालोरी भएको खाना हो । भिजाएको चनाले पेट सफा गर्छ । टेलर र रोबर्ट मुरेद्वारा सन् २०१६ मा प्रकाशित शोधका अनुसार दैनिक चना खाँदा मोटोपनाको खतरा ५३ प्रतिशतसम्म कम हुन्छ ।

ऊर्जाको उत्कृष्ट स्रोत

कालो चनामा म्याग्निज, थायामिन, म्याग्नेसियम र फस्फोरसलगायतका पौष्टिक तत्व पाइन्छन् । यसको सेवनले शरीरलाई उर्जा प्राप्त हुन्छ ।

ब्लड सुगरमा नियन्त्रण

चनाको ग्लाइसेमिक इन्डेक्स धेरै कम हुन्छ, यसको सेवनले रगतमा चिनीको मात्रा कम हुन्छ । फाइबर र प्रोटीनको राम्रो स्रोत, यो ब्लड सुगर रेगुलेट गर्नका लागि पनि परिचित छ ।

‘द अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन’ मा प्रकाशित एक अध्ययन अनुसार २०० ग्राम चना खाने मानिसको रगतमा चिनीको मात्रा कम हुन्छ ।

पाचन प्रणाली बलियो हुन्छ

चना खानाले पाचन प्रणालीलाई बलियो बनाउँछ र मेटाबोलिजमलाई गति दिन्छ । मेटाबोलिजममा वृद्धिको कारण, शरीरले ऊर्जाको लागि बोसो प्रयोग गर्न सक्षम हुन्छ । यसबाहेक यसमा आइरनको मात्रा हुन्छ जसले रक्तअल्पत्ताबाट जोगाउन पनि मद्दत गर्छ ।

शुक्राणु संख्या बढ्छ

विशेषज्ञका अनुसार स्पर्म काउन्टको समस्यासँग जुधिरहेका पुरुषले बिहान भिजाएको चना खाएर आफ्नो वैवाहिक जीवनमा पुनः रोमान्स ल्याउन सक्छन् । स्पर्म काउन्टको कमी पूर्ति गर्नका लागि एक चम्चा मिश्रीसँग मुठ्ठीभर भिजाएको चना खान विशेषज्ञ सल्लाह दिन्छन् ।

५० ग्राम चनामा यति पोषक तत्व पाइन्छ

क्यालोरी – ४६

कार्ब्स – १५ ग्राम

फाइबर – ५ ग्राम

प्रोटिन – १० ग्राम

आइरल, फोलेट, फस्फोरस, कपर, म्यागनिज पनि पाइन्छ

चना खाएलगत्तै यी खानेकुरा नखानुहोस्

यदि तपाईं खाली पेटमा चना खानुहुन्छ भने, केहि चीज खानबाट तपाईं बच्नुपर्छ

दुध

चना खाएपछि बिर्सेर पनि दुध नपिउनुहोस्, यसो गर्दा दुबी देखा पर्ने खतरा हुनसक्छ ।

लसुन

चना र पकाएको लसुन सँगसँगै खान सकिन्छ तर चना खाएपछि लसुन नखानुहोस्, यसो गर्दा छालामा समस्या आउन सक्छ ।

अण्डा

​​चना र अण्डा दुवै उच्च प्रोटिनयुक्त खाना हुन् । यदि तपार्इं दुबै सँगै खानुहुन्छ भने, यसले प्रतिक्रिया दिन्छ जुन पेटको लागि बिल्कुल राम्रो होइन ।

अंकुरित मुँग दालका अनगिन्ति फाइदा

डाइटिसियन सिम्रन सैनी भन्छिन्, ‘कोही मानिस अंकुरित कालो चनामा मिसाएर वा कोहीले अंकुरित मुंग दाल मात्रै खाने गर्छन् । दैनिक खाली पेटमा एक कचौरा मुँग दाल खाँदा प्रचार मात्रामा प्रोटिन पाइन्छ । यसका साथै, यसमा फाइबर, पोटासियम, फस्फोरस, म्याग्निसियम, आइरन, भिटामिन बी सिक्स हुन्छ । यी सबै हेल्थ टोनिकभन्दा कम छैनन् । यसको सेवन गर्दा हत्तपत्त रोगले छुँदैन ।

मुँगको दाल खाँदा स्वास्थ्यमा हुने फाइदाहरु

तौल घटाउँछ

यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने अंकुरित मुँग दाललाई खानामा समावेश गर्नुहोस् । यसका प्रोटिनका साथै फाइबरको मात्रा पनि धेरै हुन्छ । यदि यसको सेवन दैनिक गर्नुहुन्छ भने तौल घट्नेछ ।

पाचनका लागि उत्तम

अंकुरित मुँग दालमा राम्रो मात्रामा फाइबर हुन्छ जुन पाचनका लागि उत्कृष्ट हुन्छ । अंकुरित मुँग दालमा पाइने मेटाबोलिजम बढाउने इन्जाइमले खानालाई ब्रेक डाउन गर्न मद्दत गर्छ । यसले पाचन प्रणालीद्वारा पोषक तत्वहरू अवशोषित गर्न मद्दत गर्दछ ।

आँखाका लागि लाभकारी

भिटामिन एले भरपूर मुँगको दाल खाँदा आँखाको ज्योति बढ्छ । अंकुरित मुँग दालमा पाइने एन्टिअक्सिडेन्ट तत्वले आँखाको कोशिकालाई फ्री रेडिकलबाट बचाउन प्रभावकारी भूमिका खेल्छ ।

एसिडिटीबाट राहत

अंकुरित मुँग दाल अर्थात् स्प्राउट्समा एल्कलाइन हुन्छ । यसले एसिडको स्तरलाई कम गरेर शरीरको पिएच लेभललाई रेगुलेट गर्न मद्दत गर्छ ।

इम्युनिटी बुस्टर

शरीरलाई कुनै पनि भाइरसबाट जोगाउन रोग प्रतिरोधात्मक क्षमताको आवश्यकता पर्छ । भिटामिन सीले भरपुर अंकुरित मुँग दालले शरीरमा ह्वाइट ब्लड सेललाई बढाउँछ जसले संक्रमणबाट लड्न मद्दत गर्छ ।

आलस्यता हटाउन

दैनिक बिहान अंकुरित मुगको दाल खाँदा शरीरलाई तन्दुरुस्त राख्न र आलस्यता हटाउन प्रभावकारी हुन्छ । यसका साथै तपाईंले शरीरमा थप उर्जावान् महसुस गर्नुहुनेछ ।

मधुमेह, उच्च रक्तचाप, कब्जियत, बढी तौल र कमजोर प्रतिरोधी क्षमताजस्ता अन्य थुप्रै समस्याबाट ग्रस्त हुनुहुन्छ भने मुँगको दाललाई खानामा समावेश गर्नुहोस् । यसमा विभिन्न खालका गुण पाइन्छ । मुँग दाल र चनाले शरीरलाई विभिन्न खालको भिटामिन र प्रोटिन प्रदान गर्छ ।

मुँगको दाललाई सुपरफुड मानिन्छ किनभने यो प्लान्ट बेस्ट प्रोटिनको सबैभन्दा उत्कृष्ट स्रोतमध्ये एक हो । यसमा हरेक ती पोषक तत्व छन् जुन शरीरलाई आवश्यक छ ।

२०० ग्राम मुँग दालमा पोषक तत्वको मात्रा

क्यालोरी :; २१२

फ्याट : ०.८ ग्राम

प्रोटिन : १४.२ ग्राम

कार्ब : ३८.७ ग्राम

फाइबर : १५.४ ग्राम

फोलेट (बीनाइन) – आरडीआइको ८० %

म्यागनिज : आरडीआईको ३० %

म्याग्नेसियम : आरडीआईको २४ %

भिटामिन बी १ : आरडीआईको २२ %

फस्फोरस : आरडीआईको २० %

आइरन : आरडीआईको १६ %

फेनिलालानिन, ल्युसिन, आइसोल्युसिन, भ्यालिन, लाइसिन, आर्जिनिन जस्ता एमिनो एसिडले यो भरपूर हुन्छ ।

मधुमेह रोक्न मद्दत गर्छ

चनामा कम ग्लाइसेमिक इन्डेक्स हुन्छ । यसको जीआई ३८ हो जुन मधुमेह रोगीहरूका लागि खानाको राम्रो विकल्प हो ।

गर्भवती महिलाका लागि लाभदायी

फोलेटले भरपुर भएका कारण मुँग दाल गर्भवती महिलाका लागि पनि एक स्वस्थ खाना हो । गर्भावस्थाका बेला फोलेटयुक्त खाद्य पदार्थ खाँदा पेटमा हुर्किरहेको भ्रुणको वृद्धि विकासमा पनि सहायता मिल्छ । एक कप पकाएको मुँग दालले शरीरमा ८० प्रतिशत आरडीआई प्रदान गर्छ । आइरन र प्रोटिनले भरिपूर्ण यो दाल गर्भवती महिलाका लागि निकै फाइदाजनक हुन्छ ।

 


राहदानी बनाउन पोर्चुगलबाट मात्र ६ सय ६९ को आवेदन

राहदानी बनाउन पोर्चुगलबाट मात्र ६ सय ६९ को आवेदन

वि.सं.२०८० चैत २२ बिहीवार ०९:१५

काठमाडौं । पोचुगलमा सञ्चालित राहदानी सेवा शिविरबाट ६ सय भन्दा...

सवाल जवाफ:  सरकारले स्वदेशी निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको छ सिंचाईमन्त्री बस्नेत

सवाल जवाफ: सरकारले स्वदेशी निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको छ सिंचाईमन्त्री बस्नेत

वि.सं.२०८० चैत २० मंगलवार १५:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी...

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० चैत १९ सोमवार ०९:३७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र...

दुर्गा प्रसाईंले विभिन्न बैंकको ५ अर्बभन्दा बढी ऋण तिर्न बाँकी, भन्छन् पैसा कमाएर बैंकको सबै ऋण तिर्छु

दुर्गा प्रसाईंले विभिन्न बैंकको ५ अर्बभन्दा बढी ऋण तिर्न बाँकी, भन्छन् पैसा कमाएर बैंकको सबै ऋण तिर्छु

वि.सं.२०८० चैत १८ आइतवार १४:५९

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफूले बैंकको...

सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणको लाइन काट्ने चेतावनी

सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणको लाइन काट्ने चेतावनी

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०३

काठमाडौं । सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई नेपाल विद्युत...

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

वि.सं.२०८० चैत १५ बिहीवार ११:१०

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन...