back
himalayan life

कम उमेरमै सफलतातर्फ लम्किँदै परिश्ना , को हुन् उनि ?

काठमाडौं। बालकलाकार, बालमोडल तथा बाल गायिका परिश्ना बास्तोला यतिबेला चर्चामा छिन् । १० वर्षकै उमेरमा विभिन्न उपलब्धिहरू हासिल गरिसकेकी यी प्रतिभावान बालकलाकार यसै साता राजधानीमा ‘मिस लिटिल आइकन नेपाल–२०२२’ उपाधिबाट सम्मानित भएकी छिन् ।

किड्स क्यापिटलको आयोजक संस्था टिएस ईन्टरटेन्मेन्टले परिश्नालाई ‘मिस लिटिल आइकन नेपाल–२०२२’ को पहिलो उपाधि विजेताको रुपमा सम्मानित गरेको हो ।

टिएस ईन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक अभिनेता एसराज गराचले परिश्नालाई उक्त उपाधिसहित सम्मान गरेका हुन् । सुनसरीको इटहरीमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेकी परिश्ना डिएभी (सुशील केडिया विश्व भारती स्कुल) स्कूलमा कक्षा ६ मा अध्ययनरत छिन् ।

साढे दुई वर्षको उमेरमै सन् २०१४ मा एउटा फोटो सेसनमा सहभागी हुँदै परिश्नाले आफ्नो मोडलिङ यात्रा प्रारम्भ गरेकी हुन् । त्यसको तीन वर्षपछि साढे पाँच वर्षको उमेरमा परिश्नाले लेट मि डान्स स्कूल च्याम्पमा भाग लिइन् ।

सन् २०१९ मा किड्स क्यापिटल २०१८ मा सहभागिता जनाएर परिश्नाले बेस्ट डान्स तथा पपुलर च्वाइस विधाको अवार्ड जित्न सफल भइन् ।

आफू अध्ययनरत विद्यालयका सांगीतिक तथा नृत्य प्रतियोगितामा सहभागिता जनाएर प्रथम पुरस्कार जितिसकेकी परिश्नाले अघिल्लो वर्ष सम्पन्न पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्ड २०२१ मा बेस्ट रनवे मोडल किड्स २०२१ को अवार्ड पाइसकेकी छिन् ।

यसका साथै उनले दुई वर्षअघि सम्पन्न स्पर्श म्युजिक भिडियो अवार्ड २०२० मा बेस्ट किड्स मोडल मोर्डन पप विधामा अवार्ड जितिसकेकी छिन् भने अघिल्लो वर्ष आयोजित स्पर्श म्युजिक भिडियो अवार्ड २०२१ मा पनि बेस्ट किड्स मोडल मोर्डन पप २०२१ को अवार्ड जित्न सफल भइन् ।

हालसम्म तीन वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी परिश्ना गायिका समेत हुन् । उनले एउटा गीतको रेकर्डिङ गरिसकेकी छिन् ।

यसबाहेक उनले लाइफ ब्वाइ साबुनको टिभिसीमा समेत भ्वाइस ओभर गरेकी छिन् ।

परिश्नाले हिपहप डान्सको प्रशिक्षण लिइसकेकी छिन् भने गायनका लागि भोकल लेभल एक इस्टर्न कोर्स समेत गरिसकेकी छिन् । यसबाहेक उनले करिब एक महिनासम्म फिल्म अभिनयको प्रशिक्षण समेत लिइसकेकी छिन् ।

विभिन्न स्थानमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेकी परिश्ना ताराना इन्टरनेशनल तथा न्यू इन्डिया लाइभ कार्यक्रममार्फत धेरै पटक लाइभ शो समेत सञ्चालन गरिसकेकी छिन् । यो कार्यक्रम अष्ट्रेलिया तथा भारतबाट लाइभ गरिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...