back

बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो,के थियो कारण ?

काठमाडौं। सरकारले बागमती नदी किनारामा अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियान अघि बढाएको छ ।

सरकारले बागमती करिडोर क्षेत्रमा सडक अतिक्रमण गरेर निर्माण गरिएका अवैध संरचना भत्काउने काम सुरु गरेको हो ।

सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले तीनकुने सुविधानगर क्षेत्रमा बनाइएका अनाधिकृत संरचना डोजर लगाएर भत्काएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेले गैरकानूनी रूपमा सडक क्षेत्र मिचेर बनाइएका अवैध टहरा भत्काइएको बताए । समितिका कर्मचारी प्रहरीसहितको टोलीले अनाधिकृत संरचना हटाएको हो ।

समितिका सूचना अधिकारी कमल अर्यालले पटक–पटक सूचना जारी गरेर हटाउन आग्रह गर्दा पनि वेवास्था गरेपछि मापदण्ड विपरीत निर्माण गरिएका ६ वटा संरचना हटाइएको बताए । नदी किनारमा सौन्दर्यीकरणका कामहरू गरिरहेको सन्दर्भमा यस्ता अवैध संरचनाले कुरूपता बढाएकाले भत्काइएको उनले बताए ।

अर्यालले भने,‘नदी किनार सफा र सुन्दर राख्नुपर्छ भन्ने समितिको ध्येय हो । पछिल्लो पटक यस्ता अवैध संरचना बनाउने क्रम बढेको छ । यसले नदीको सौन्दर्य र संरक्षणमा चुनौती थपेको छ, अवधै संरचना हटाएर बागमती नदीलाई राम्रो बनाउने अभियानमा हामी लागेका छौं ।’

यसअघि समितिले २८ वटा अवैध संरचना भत्काइसकेको बताउँदै आगामी दिनमा पनि यस्ता संरचना हटाउने काम जारी रहने सूचना अधिकारी अर्यालले जानकारी दिए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

वि.सं.२०८३ साउन ११ सोमवार २२:३४

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रस्थित कमेरोटार जग्गा एकीकरण...

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

वि.सं.२०८३ साउन ११ सोमवार १९:५५

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख...

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

वि.सं.२०८३ साउन ११ सोमवार १९:५२

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले आफ्नो चौथो रणनीतिक योजना सार्वजनिक गरेको...

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

वि.सं.२०८३ साउन ११ सोमवार १९:४६

जनकपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक...

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

वि.सं.२०८३ साउन ११ सोमवार १९:४३

काठमाडौं । अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

वि.सं.२०८३ साउन ११ सोमवार १५:४४

चितवन। नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात र आपूर्ति...