back

म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी (वडामा पनि जित्यो)

तनहुँ। म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनले नेपाली कांग्रेसकी मायादेवी रानालाई ७१८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले चार हजार ९५० मत पाएका छन् । रानाले चार हजार २३२ मत पाइँन् ।

म्याग्देमा १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । अघिल्लो पटक पनि म्याग्देको अध्यक्षमा यिनै दुईको चुनावी भिडन्त भएको हो । नेपाली कांग्रेसबाट अध्यक्षमा उम्मेद्वारी दिएकी राना दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित हुने दाउमा थिइन् । तर अपेक्षाकृत नतिजा हासिल नहुँदा उनको यात्रामा पाँच वर्षका लागि ब्रेक लागेको छ ।

गएको निर्वाचनमा म्याग्दे गाउँपालिकामा पनि कांग्रेसको दबदबा थियो । अध्यक्षमा मायादेवी रानाले चार हजार ५४२ ल्याउँदै एक हजार ८१ मतान्तरले एमालेका श्रीप्रसाद श्रेष्ठलाई पराजित गरेकी थिइन् । यसपालिका श्रेष्ठले हारको बदला लिँदै जित दर्ता गराएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले पाँच हजार ३९ मत ल्याएर विजयी भए । उनका निटतम प्रतिद्वन्द्वी एमालेकी रत्नादेवी घिमिरेले चार हजार २०० मत पाइन् । अघिल्लो पालि पनि यिनै दुईको भिडन्त थियो । तर दुवै पटक नतिजा बालकृष्णको पोल्टामा परेको छ । गएको निर्वाचनमा बालकृष्णले चार हजार र रत्नादेवीले तीन हजार १५४ मत पाएका थिए ।

यसपालि म्याग्देमा एमालेले वडामा पनि नतिजा सुधार गरेको छ । वडा नम्बर १, ३ र ७ मा एमालेका वडाध्यक्ष विजयी भएका छन् । २,४,५, ६ मा कांग्रेस उम्मेद्वार विजयी भएका छन् ।

वडा नम्बर १ को अध्यक्षमा मणिभद्र वाग्ले, २ मा शिवबहादुर क्षेत्री, ३ मा टुकराज अधिकारी, ४ मा दिपककुमार श्रेष्ठ, ५ मा शिवबहादुर आले, ६ मा हिरालाल गुरुङ र ७ मा बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । अघिल्लो पटक म्याग्देको वडा नम्बर २ र ६ मा एमालेले वडाध्यक्षमा जित हासिल गरेको थियो ।

 


‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

वि.सं.२०८२ असार ३१ मंगलवार १७:०८

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको...

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

मध्यपुर थिमि नगरपालिकाको पुजिगत खर्च ३१ प्रतिशत मात्रै

मध्यपुर थिमि नगरपालिकाको पुजिगत खर्च ३१ प्रतिशत मात्रै

वि.सं.२०८२ जेठ २८ बुधवार १८:५६

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले यश आर्थिक बर्षकाे जेठ १५...

सूर्यविनायक–८ मा सार्वजनिक सुनुवाई कार्यक्रम : शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्य

सूर्यविनायक–८ मा सार्वजनिक सुनुवाई कार्यक्रम : शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्य

वि.सं.२०८२ जेठ २८ बुधवार १८:४१

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य...