चिलीमा भइरहेको प्रदर्शनमा गोली चल्दा पत्रकारको मृत्यु

वि.सं.२०७९ वैशाख ३० शुक्रवार

एजेन्सी। चिलीको राजधानी सान्टियागोमा मे दिवसको क्रममा भएको विरोध प्रदर्शनको क्रममा भएको गोली प्रहारको कारण एक जना पत्रकारको मृत्यु भएको छ।
गोली प्रहारमा परी तीस वर्षीया फ्रान्सिस्का स्यान्डोभलको मृत्यु भएको हो।
श्रमिक दिवसको अवसरमा भइरहेको युनियनको प्रदर्शनका क्रममा भएको हिंसात्मक झडपमा स्यान्डोवलको टाउकोमा गोली लागेको थियो। गोली लागेर अन्य दुईजना घाइते भएका थिए।
उनको उपचार गरिएको अस्पतालको सघन हेरचाहका प्रमुख डेनियल रोड्रिगेजले स्यान्डोभलको गोली प्रहारबाट भएको मस्तिष्क रक्तस्रावका कारण मृत्यु भएको विज्ञप्तिमार्फत् बताएको छ।

प्रकाशित समय : १८:२१ बजे