back

कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि दोलखाको बैत्यश्वरमा मतदान रोकियो

दोलखा। दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ । नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको हो ।

बैत्यश्वर गाउँपालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा सुरु भएलगत्तै दुई पक्षबीच ढुंगा हानाहान भएको हो ।

वडा नम्बर ३ मा रहेको कालीढुंगा मावि मतदान केन्द्रमा झडप भएको हो । झडपमा परी एक जना घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । झडपपछि तनाबग्रस्त बनेको मतदान केन्द्रलाई नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

झडपपछि नेपाली सेनाले मतदान केन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको हो । ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि झडप भएको दोलखा प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले जानकारी दिए ।

मतदाता आउने बाटो नै अवरोध गरेर कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको थियो । सुरक्षाकर्मीले अवरोध हटाउन खोजेपछि मतदानस्थल तनावग्रस्त बनेको हो ।

पुनः मतदान गराउने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकपछि पुनः मतदान सुचारू गरिने डिएसपी पौडेलले बताए ।


बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...