back
himalayan life

ताप्लेजुङको खोक्लिङ घटना : हत्या गरेको एमालेको आरोप, ‘लास’को राजनीति नगर्न गठबन्धनको आग्रह

ताप्लेजुङ मिक्वाखोला गाउँपालिका खोक्लिङमा बुधवार राति मृत भेटिएका बिमल कार्कीलाई पाँच दलीय गठबन्धनकाकार्यकर्ताले हत्या गरेको एमाले ताप्लेजुङले आरोप लगाएको छ।

पार्टीका जिल्ला अध्यक्ष भुपेन्द्र थेबेले विज्ञप्ति जारी गर्दै कार्की आफ्नो पार्टीको कार्यकर्ता भएको पॉच दलीय गठवन्धनले हत्या गरेकोआरोप लगाएका हुन्।

विज्ञप्तिमा कांग्रेससहित पॉच दलीय गठवन्धनका २५/२६ जनाले क्रुरतापूर्वक हत्या गरेको एमालेको आरोप छ।

गठवन्धनका हतियारधारी लठैतहरुले बाटो ढुकेर, लखेटेर, घेरा हालेर, ढुङगा प्रहार गरेर घिसारेर, काटेर क्रुरतापूर्वक हत्या गरेकोघटनाप्रति एमाले घोर भर्त्सना गर्दछविज्ञप्तिमा भनिएको छ।

एमालेले थिङलावुमा विजय लिम्वूलाई मरणासन्न हुनेगरी कुटपिट गरेको, सिरिजंगाका अध्यक्षका उम्मेद्धार सन्तोष चाम्लिङलाईमानसिक तनाव दिएको, फक्ताङलुङ का दिलकुमार लिम्वूको घरमा तथानाम गाली गलौज गरेको दाबी गरेको छ। आफ्नाकार्यकर्तालाई अविचलित नहुन पनि थेवेले आग्रह गरेका छन्।

यता ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईले युवक मृत्युको विषयमा अनुसन्धान भइरहेको बताए।बाटोभन्दा तीन सय मिटर तलशव भेटिएको छ।

लडेको मृत्यु भएको अवस्थामा देखिएको छ। अनुसन्धानको पाटोबाट हेरिरहेका छौं। पोष्टमार्टमपछि केही तथ्यहरु आउँछन,’ उनलेभने।

स्थानीय मान्छेले केही देखे जानेको हुने भएकाले जानकारीका लागि केही मान्छेहरुलाई बोलाइएको उनले बताए। प्रहरी निरीक्षककुशाराम कार्कीकाअनुसार स्थानीयले नै केही व्याक्तिलाई सोधपुछका लागि आग्रह गरेका हुन्।केही व्यक्तिलाई स्थानीयले नैप्रहरीसामू ल्याइदिनुभयो। उहाँहरुलाई सोधपुछ गरेका हौँ,’ उनले भने।

आरोपप्रति गठबन्धनको ध्यानार्कषण

यता गठबन्धनका दलले भने घटनाको विषयलाई लिएर लाशको राजनिति नगर्न आग्रह गरेको छ। गठबन्धनका तर्फबाट कांग्रेस जिल्लाउपसभापति डिल्लीरमण बराल माओवादी केन्द्र जिल्ला संयोजक विष्णुकुमार हाम्बाङले संयुक्त विज्ञप्ति जारी गर्दै अमर्यादित शब्दकोप्रयोग गर्दै दोषारोपण गरेकोप्रति ध्यानार्कषण भएको जनाएका छन्।

सत्ता गठबन्धनका लठैतजस्ता अमर्यादित शब्द संजाल प्रयोगगरि अनुसन्धानको क्रममा नै प्रारम्भ नभई दोषारोपण गरेको देख्दा सत्तागठबन्धन पार्टीहरुको ध्यानार्कषण भएको दुःख लागेको छ।

न्यायलाई राजनीतिसित सौदाबाजी गर्न खोजेको देख्दा लाशको राजनीति कोही कसैले नगरौँ।

बरु दोषीलाई कारबाही गर्न सहयोग गरौँ,’ विज्ञप्तिमा भनिएको छ।

कार्की होनहार प्रजातन्त्रमा विश्वास राख्ने नव युवा भएको पनि विज्ञप्तिमा दाबी गरिएको छ। बुधबार घर जान भनी दोभान बजारबाटहिंडेका तेल्लावुङ कन्ट्रक्सनका जेसिभि मेसिनका चालक कार्की राति मृत फेला परेका थिए।

उनको शव खोक्लिङको खोर्साने भन्ने स्थानमा फेला परेको थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...

प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 

प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 

वि.सं.२०८३ असार १४ आइतवार १३:५४

काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित भएको छ...

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने

वि.सं.२०८३ असार १४ आइतवार १३:४४

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम...

ट्राफिक नियमसँगै राज्यको लापरबाहीमा पनि जरिवानाको व्यवस्था गर्न सांसद शाहीको माग

ट्राफिक नियमसँगै राज्यको लापरबाहीमा पनि जरिवानाको व्यवस्था गर्न सांसद शाहीको माग

वि.सं.२०८३ असार १४ आइतवार १३:२०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...

फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

वि.सं.२०८३ असार १४ आइतवार १३:०५

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र...

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...